यी हुन् योग र ध्यानबाट फाइदा हुने फाईदाहरु



०१ माघ २०७६, काठमाडौं

देशभर आज पाचौँ राष्ट्रिय योग दिवस विभिन्न कार्यक्रमका साथ मनाईँदैछ।

स्वस्थ र तन्दुरुस्त रहन गरिने शारीरिक आसन हो–योग

बद्लिदो जीवनशैलीले निम्त्याएका समस्या समाधानमा योग प्रभावकारी हुन्छ। यसले शरिर तथा मस्तिकलाई उर्जावान् बनाउँछ। मानिसको आत्मविश्वास तथा रोगप्रतिरोधी क्षमता बढाउँछ।

आफ्नो काममा ध्यान केन्द्रित गर्न र जीवन व्यवस्थित गर्न सहयोग गर्दछ। समग्र व्यक्तित्व विकासमा प्रभावकारी भूमिका खेल्छ।

नियमित योग गर्दाका फाइदा यी हुन्….

-शरिरमा अक्सिजनको मात्रा बढाउँछ।

-रक्तसञ्चारमा सुधार ल्याउँछ।

-तनावबाट छुटकारा पाउन सकिन्छ।

-रोग प्रतिरोधात्मक क्षमता वृद्धि हुन्छ।

-जोर्नीको समस्या कम हुन्छ।

-सकारात्मक सोचको विकास हुन्छ।

-पूर्ण निद्रा लाग्छ।

-भोक लाग्ने र पाचन प्रणालीमा सुधार आउँछ ।

-दिमाग तीक्ष्ण हुन्छ।

-कार्यक्षमता वृद्धि गर्छ।

-श्वासप्रश्वासको गति नियन्त्रण गर्छ।

-एकाग्रता बढ्छ।

-जीवनशैलीमा सुधार ल्याउँछ।

-आत्मविश्वास वृद्धि हुन्छ।

प्रतिक्रिया दिनुहोस्