भाइका लागि भोको बस्ने युवतीको जीवन कथा



०१ माघ २०७६, काठमाडौं

धेरै वर्षसम्म आफ्नो भाईको मदतका लागि दैनिक करिब २ युआन ९३२ रुपैयामा आफ्नो जीवन गुजारा गर्ने अत्याधिक कुपोषित दिदीको निधन भएको छ।

२० किलो तौल भएकी वु श्वायेनको तस्बिर गत वर्ष सार्वजनिक भएको थियो। उनको तस्बिर देखेर चिनियाँ जनता नै हैरान भएका थिए।

सन् २०१९ को अक्टोबरमा उनलाई सास फेर्न समस्या भएपश्चात् अस्पतालमा भर्ना गरिएको थियो।

उनको मद्दतका लागि थुप्रै मानिस अघि सरेका थिए। उनका भाइले आफ्नी दिदीको सोमबार निधन भएको जानकारी दिए।

बेइजिङ युथ डेलीसँगको कुराकानीमा उनका भाइले आफ्नी दिदीको २४ वर्ष उमेरमा निधन भएको जानकारी दिए। भाइको पहिचान उजागर गरिएको छैन।

डाक्टरका अनुसार, वु श्वायेन विगत पाँच वर्षदेखि निकै कम खाना खाइरहेकी थिइन्। जसकारण उनको मुटु र मृगौलामा असर पुगेको थियो।

वु श्वायेनको कहानी:

वु श्वायेन र उनका भाइले थुप्रै वर्षसम्म दैनिक गुजाराका लागि अत्याधिक संघर्ष गरे। जब उनी चार वर्षकी थिइन् तब उनकी आमाको निधन भयो र पिताको मृत्यु हुँदा उनी स्कूलमा थिइन्।

वु श्वायेन र उनका भाइलाई सुरुमा उनकी हजुरआमाले हेरविचार गरे र पछि काका–काकीले जसले उनीहरुलाई महिनामा ३ सय युआनमात्रै दिन सक्थे।
उनको भाइलाई मानसिक स्वास्थ्यसँग सम्बन्धित समस्या भएकाले त्यो पैसा पनि औषधीमा नै खर्च हुने गर्दथ्यो।

पैसा बचाउनका लागि वु श्वायेनले आफूमाथि दैनिक २ युआन मात्रै खर्च गर्न सुरु गरिन् र पाँच वर्षसम्म थोरै भात र खुर्सानी खाएर गुजारा गरिन्। जब उनलाई अस्पताल ल्याइयो तब उनको उचाई ४.५ इन्च थियो।

डाक्टरका अनुसार उनी यति धेरै कुपोषित थिइन् कि उनको आँखीभौं र करिब आधा कपाल झरिसकेको थियो।

यी दिदी भाइ गिजो प्रान्तमा बस्थे। यसलाई चीनको सबैभन्दा गरिब प्रान्त मध्येको एक मानिन्थ्यो। यो घटनाले चीनमा गरीबीलाई चर्चामा ल्याएको छ।

चीनको अर्थव्यवस्था पछिल्ला केही दशकमा निकै उत्कृष्ट भएको छ र तर गरीबी भने समाप्त भएको छैन। नेशनल ब्यूरो अफ स्ट्याटिक्सका अनुसार सन् २०१७ मा ३।४६ करोड ग्रामीण जनसंख्या गरीबीको रेखा मुनी जीवन बिताइरहेको थियो।

यहाँ असमानताको खाडल पनि निकै फराकिलो छ। सन् २०१८ को अन्तर्राष्ट्रिय मुद्रा कोषको रिपोर्ट अनुसार चीन संसारको सबैभन्दा धेरै असमानता भएको देशमध्येको एक हो।

फाइल तस्वीर

प्रतिक्रिया दिनुहोस्