घुसको नाममा २ हजारसम्म नछोड्ने प्रहरी जवान अख्तियारको फन्दामा



०१ माघ २०७६, काठमाडौं

कारागार सुरक्षा गार्ड कैलाली दरबन्दी भइ हाल महानगरीय ट्राफिक प्रहरी प्रभाग कोटेश्वरमा कार्यरत प्रहरी जवान लोग बहादुर खड्का रु. २ हजार घुससहित पक्राउ परेका छन्।

ड्यूटीमा खटिएको अवस्थामा सेवाग्राहीसँग मोटरसाइकलको कागजात नियन्त्रणमा लिएको र पछि मिलाइदिने भन्दै घुस मागेको सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिएको टोलीले उनलाई घुससहित पक्राउ गरेको हो।

उनलाई घुस लिइसकेको अवस्थामा कार्यालय परिसरबाट नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्