प्रदेश नंं. १ मा माघ १ गते सार्वजनिक विदा



२९ पुष २०७६, काठमाडौं

१ नंं. प्रदेश सरकारले भोलि १ माघमा सार्वजनिक विदा दिने निर्णय गरेको छ।

१ माघमा थारु जातिले माघी मनाउने गर्छन्। अन्य जातिले भने माघे संक्रान्ति पर्व विशेष ढंगले मनाउने गर्छन्।

‘प्रदेश सरकार, प्रदेश नं. १ मन्त्रिपरिषद्को निर्णयअनुसार माघे संक्रान्ति एवम् माघी वर्षको अवसरमा मिती विसं २०७६ माघ १ गते सार्वजनिक विदा हुने ब्यहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ।’ मंगलबार प्रदेश सरकारको तर्फबाट जारी सूचनामा उल्लेख गरिएको छ।

मंगलबार नै कर्णाली प्रदेशलगायतले माघीको अवसरमा १ माघमा सार्वजनिक विदा दिने निर्णय गरेका छन्।

प्रतिक्रिया दिनुहोस्