डा. पवन चाम्लिङ राई काठमाडौं आइपुगे



२९ पुष २०७६, काठमाडौं

प्रजातान्त्रिक पद्धतिबाट २५ वर्ष लामो शासन गरेका सिक्किमका पूर्व-मुख्यमन्त्री डा. पवन चाम्लिङ राई काठमाडौं आइपुगेका छन्।

बुधबार (भोलि) किराँती समुदायले मनाउन लागेको यले सम्वत् ५०८० मा सहभागी हुन मुख्यमन्त्री राई काठमाडौं आइपुगेका किराँत राई यायोख्खा [किराया] का केन्द्रीय सदस्य खुक्सङ खम्बु राईले परिवर्तन खबरलाई जानकारी दिए।

♦पवन चाम्लिङ काठमाडौं आउँदै, यले सम्वत्लाई उत्सवकै रुपमा मनाउँदै किराँती समुदाय

काठमाडौंस्थित राष्ट्रिय सभा गृहमा हुन लागेको कार्यक्रममा मुख्यमन्त्री राईलाई २ लाख २२ हजार २२२ राशीसहितको ‘हाङ यलम्बर स्मृति पुरस्कार ५०८०’बाट सम्मान समेत गरिने यायोख्खाले जनाएको छ।

यले सम्वत् प्रथम हाङ यलम्बरको नाममा स्थापित मिती हो।

प्रतिक्रिया दिनुहोस्