गोकर्ण रिसोर्टको म्याद थप्नुको कारण देखाउन सर्वोच्चको आदेश



२९ पुष २०७६, काठमाडौं

सर्वोच्च अदालतले गोकर्ण फरेष्ट रिसोर्टको म्याद थप्ने निर्णयको आधार र कारण खोल्न सरकारका नाममा आदेश जारी गरेको छ।

अदालतले गोकर्ण रिसोर्ट सञ्चालनको ६ वर्ष म्याद बाँकी छँदै थप २५ वर्ष अवधि थप्ने निर्णयबारे ‘कारण देखाऊ’ आदेश जारी गरेको हो। न्यायाधीश कुमार रेग्मीको इजलासले वातावरण विनाश हुनेगरी जंगल मासेर थप संरचना बनाउन खोज्नुको कारण पनि खोजेको छ।

सरकारले गैरकानूनी रुपमा गोकर्ण रिसोर्टको अवधि थपेको भन्दै अधिवक्ता विष्णु लुईँटेलले सर्वोच्च अदालतमा रिट दर्ता गराएका थिए। निवेदनमा उनले सार्वजनिक खरिद ऐन मिचिएकाले सरकारले गरेको निर्णय अनुसार लिज सम्झौता अघि नबढाउन आदेशको माग गरेका छन्।

प्रतिक्रिया दिनुहोस्