
२९ पुष २०७६, काठमाडौं
मोडेल मल्टिपल कलेज जनकपुरको बसको ठक्करबाट दुई युवकको मृत्यु भएको छ।
जनकपुर ढल्केबर सडकखण्डको लक्ष्मीनियाबाट जनकपुरतर्फ गइरहेको कलेजको बसले विपरीत दिशाबाट आउँदै गरेको मोटरसाइकललाई ठक्कर दिँदा दुई युवकको मृत्यु भएको हो।
मृत्यु हुनेमा लक्ष्मीनिया वडा नं. ७ पर्सापकडियाका २५ वर्षीय सन्तोस ठाकुर र क्षिनपाका २५ वर्षीय अनवर राई रहेका छन्।





