
२९ पुस २०७६, नुवाकोट/रबिन प्रसाद थपलिया
विद्यालय स्थापना भएको ४५ बर्षपछि नुवाकोटको शिवपुरी गाँउपालिका ७ सुनखानी स्थित कुम्भेश्वर माध्यमिक विद्यालयको सुबिधा सम्पन्न भवन निर्माण भएको छ ।
जापानी सहयोगी संस्था जाईकाको ३ करोड ४० लाखको लगानीमा विद्यालयको १२ कोठे पक्की भवन निर्माण भएको हो । भव्य विद्यालय भवनको उद्घाटन पछि विद्यालयका संस्थापक प्रधानाध्यापक यादबराज पाण्डेले विद्यालय स्थापनाको क्षणलाई स्मरण गदै भवन नजिकैको रुखमुनी विद्यार्थीलाई पढाएको त्यो क्षणको स्मरण गर्नुभयो । उहाँले भन्नुभयो “रुखमुनि स्याँउलाले छाएको कटेरो कयौंपटक लडे, कयौं पटक छाएर विद्यार्थीहरु पढाईयो आज त्यो नजिकै भव्य भवन बन्यो म निकै खुसी छु”
२०३१ पौष १ गते प्राथमीक विद्यालयको रुपमा स्थापना भएको कुम्भेश्वर, श्याम प्रसाद पाण्डे प्रधानाध्यापक भएपछि निम्न माध्यमीक र राजनप्रसाद थपलिया प्रधानाध्यापक भएपछि २०६६ सालमा माध्यमीक विद्यालय बनेको थियो । २०७२ सालको भुकम्पले विद्यालय भवनमा क्षती पुगेपछि जाईकाले विद्यालय भवन निर्माण गरिदिएको हो ।
विद्यालयका पुर्व प्रधानाध्यापक श्याम प्रसाद पाण्डेले पनि बिगतमा विद्यालय सञ्चालनको क्रममा भोगेको पिडाहरु अझै ताजा रहेको स्मरण गर्नुभयो ।
विद्यालय भवनको उदघाटन गदै पुर्व शिक्षामन्त्री एवं नेपाली काँग्रेसका नेता अर्जुन नरसिंह केसीले विद्यालय भवनको निर्माणसंगै प्रतिष्पर्धी शिक्षाको बिकासमा लाग्न विद्यालयलाई सुझाब दिनुभयो ।

व्यक्तित्व निर्माणमा अनुसाशन सबै भन्दा ठुलो जग रहेको बताँउदै नेता केसीले विद्यार्थीहरुको अनुसासनको निर्माण, चरित्रको निर्माण र सामाजीक विधि व्यवहारको निर्माणमा विद्यालयले ध्यान दिनुपर्ने बताउनुभयो ।
शिक्षक र विद्यार्थीहरुको बिचमा आधुनीकिकरण र आधुनीक शिक्षासंगै आधुनीक परम्परा, संस्कार,संस्कृति र हाम्रा मर्यादाहरुलाई स्थापीत गर्न चिन्तीत भएर लाग्नुपर्ने बताँउदै नेता केसीले सदभाव, स्नेह,सदभाव र एकले अर्काको सम्मान गर्ने शिक्षामा जोड दिनुपर्ने बताउनुभयो ।
कार्यक्रममा नेपाली काँग्रेस नुवाकोटका सभापति जगदिश्वर नरसिंह केसीले विद्यार्थीको भबिष्य निर्माणमा विद्यालयको भुमिका महत्वपुर्ण रहेको बताँउदै आधुनीक शिक्षणपद्धतीको बिकासमा लाग्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा शिवपुरी गाँउपालीकाका अध्यक्ष रामकृष्ण थापाले गाँउपालीकाले निजि विद्यालयहरुप्रति समुदायको आर्कषण कम गराउन सामुदायीक विद्यालयहरुमा गुणस्तरीय शिक्षाको बिकासमा लागि परेको रहेको बताउनुभयो । अध्यक्ष थापाले गुणस्तरीय र प्रतिष्पर्धी शिक्षामा ध्यान दिन विद्यालयलाई सुझाब दिनुभयो ।
नेपाली काँग्रेसका युवा नेता रमेश महतले विद्यालयको भौतिक संरचनाको बिकासले शैक्षिक स्तर बृद्धिको निम्ती सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
गिरिजाप्रसाद कोइराला फाउण्डेसन नुवाकोटका अध्यक्ष रमेश कुमार पाठकले चौतारोबाट सुरु भएको विद्यालय हाल आएर तिन तले सुविधा सम्पन्न भवन निर्माण हुनु खुसीको कुरा रहेको बताँउदै भवनसंगै गुणस्तरीय शिक्षा प्रदान गरेर भबिष्यमा देश चलाउन सक्ने क्षमताबान विद्यार्थीहरु उत्पादन गर्न विद्यालयलाई सुभकामना दिनुभयो ।
बिद्यालयका प्रधानाध्यापक राजन प्रसाद थपलियाले सामुदायीक विद्यालयहरुले एउटा कामको लागि भनेर रकम ल्याएर निजि श्रोतका शिक्षकको तलब खुवाउनुपर्ने बाध्यता रहेको बताँउदै गाँउपालीका र सरकारी निकायबाट प्राप्तहुने त्यस्ता रकमहरु शिक्षक अनुदानकै रुपमा उपलव्ध भएमा सहज हुने बताउनुभयो । विद्यालयले मासिक रुपमा ५४ हजार निजि श्रोतका शिक्षकहरुलाई तलब खुवाउन खर्च हुने बताँउदै प्रधानाध्यापक थपलियाले सिमिति श्रोत साधनका बिच पनि गुणस्तरीय शिक्षा दिन बिद्यालय तल्लीन रहेको बताउनुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष इश्वर प्रसाद पाण्डेको सभापतित्वमा सम्पन्न कार्यक्रममा शिवपुरी गाँउपालीकाकी उपाध्यक्ष मञ्जु केसी, प्रजातान्त्रीक बिचार समाजका अध्यक्ष डा. केदारनरसिंह केसी, शिवपुरी गाँउपालीका ७ का वडा अध्यक्ष माधब भेटुवाल, नेपाली काँग्रेस शिवपुरी काठमाण्डौं सम्पर्क समाजका अध्यक्ष मुकुन्द पाण्डे, नेपाली काँग्रेस नुवाकोटका नेताहरु गोबिन्द थपलिया, कृष्ण कुइकेल, गैर सरकारी संस्था महासंघ नुवाकोटका अध्यक्ष मिनकुमार केसी, विद्यालयका पुर्व प्रधानाध्यापकहरु यादबराज पाण्डे र श्याम प्रसाद पाण्डे, ग्रामीणदेवी माविका प्रधानाध्यापक गंगालाल डंगोल, पुस्तकालय परिचारीका संगठन (न्यासल) कि अध्यक्ष शारदा शिवाकोटी लगायतले विद्यालयको प्रगतिको कामना गर्नुभएको थियो ।
कार्यक्रमा समयमानै विद्यालयको भवन निर्माण सम्पन्न गर्ने आर जे कन्ट्रक्सनका ठेकेदार सबिन लामालाई प्रमुख अतिथि नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पुर्वमन्त्री अर्जुन नरसिंह केसीले सम्मान गर्नुभएको थियो ।
विद्यालयका शिक्षक माधव ठकुरीले सञ्चालन गर्नुभएको कार्यक्रममा सहायक प्रधानाध्यापक चन्द्रराज सेढाँईले कार्यक्रममा उपस्थीत सवैलाई स्वागत गर्नुभएको थियो ।
कार्यक्रममा कुम्भेश्वर माध्यामीक विद्यालयमा अध्यापन गराएर अन्यत्र सरुवा भएका शिक्षीका मनिका पाण्डे, शिक्षक जिवन कुमार हितानको बिदाई गरिएको थियो विद्यालयमा आउने शिक्षकहरु शान्ति पाण्डे, मानबहादुर केसी, तथा विद्यालयमा अध्यापन गराइरहनु भएका शिक्षकहरु माधव ठकुरी,उषा गुणी (थपलियाले), बाबुराम पाल शिक्षक सेवा आयोग मार्फत स्थायी नियुक्ती पाउनु भएकोमा सम्मान गरिएको थियो ।
कार्यक्रममा विद्यालयका शिक्षक राज पाण्डे र बालबालीकाहरुले स्वागत गित गाएका थिए भने बिभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरु प्रस्तुत गरेका थिए ।
विभिन्न पुरस्कार र छात्रबृत्ति प्रदान
विद्यालयमा आयोजीत विशेष कार्यक्रममा बिभिन्न व्यक्तित्वहरुद्धारा स्थापना गराउनु भएका पुरस्कार तथा छात्रबृत्ति समेत प्रदान गरिएको छ । जस अनुसार स्व पिता नरेन्द्र राज पाण्डेको सम्झनामा छोराहरु पारामाउन्ट स्कुलका प्रिन्सपिल मुकुन्द राज पाण्डे तथा काठमाण्डौं युरो स्कुलका अध्यक्ष प्रमोद पाण्डेले कुम्भेश्वर माध्यामकि विद्यालयबाट एसईईमा उत्कृष्ट अंक ल्याउने जेहेन्दार विद्यार्थीहरु शरीता लामा, श्याम ठकुरी र रचना तामाङलाई क्रमश जनही २५ सय, १५ सय र एक हजार नगद पुरस्कार प्रदान गर्नुभयो ।
त्यस्तै स्व पिता लोकप्रसाद पाण्डे र माता लक्ष्मीदेवी पाण्डेको सम्झनामा रामप्रसाद पाण्डेले स्थापना गराउनु भएको २५ हजार राशीको छात्रबृद्धि कोषमा थप २५ हजार प्रदान गरेर ५० हजारको कोष बृद्धि गर्नुभयो । सो छात्रबृत्ति कोषबाट विद्यार्थीहरु सिमरन तामाङ र सम्भु तामाङलाई जनही एक/एक हजार नगद प्रदान गरियो ।
स्व. देवमायाँ गुणी स्मृति प्रतिष्ठानको तर्फबाट छोरा शिव गुणीले विद्यालयबाट २०७५ सालको एसईईमा सर्बोत्कृष्ट अंक ल्याएर प्रथम भएका लोपचन श्रेष्ठलाई नगद रु १० हजार र सन्देश नेपालीलाई नगद रु ५ हजारको दलित छात्रबृत्ति पुरस्कार प्रदान गर्नुभयो ।
त्यस्तै वडा नं ९ का अध्यक्ष माधब भेटुवालले स्व पिताको स्मरणमा विद्यालयमा अध्यन्रत जेहेन्दार एक छात्र र एक छात्रालाई जनही दुई दुई हजार रुपयाँको पुरस्कार प्रदान गर्नुभयो । यस बर्ष उक्त पुरस्कार विद्यालयमा अध्यन्रत अमृत ठकुरी र अनुरथी ठकुरीले प्राप्त गरे ।





