यी राम्रा बानी, जसले बन्नेछ भपाईँको भविष्य सुन्दर!



२९ पुष २०७६, काठमाडौं

प्रत्येक व्यक्तिको केही राम्रा–नराम्रा बानी त अवश्य हुन्छ नै! त्यसैले, त उसलाई जीवनमा अघि बढ्न वा पछाडि हट्न प्रेरित गर्दछ।

जीवनमा सफल्ता पाउनका लागि परिश्रमसँगै राम्रो बानीको पनि विकास गर्न जरुरी छ।

जसमा हामीमध्ये धेरैले नराम्रो बानी छोडेर राम्रो बानी अपनाउन अल्छि मान्छौं। यसो गर्न मानिस असफल त हुन्छ नै। साथै जुनै पनि काममा सक्रिया रहन सक्दैनन्।

तर तपाईँले राम्रो बानी अपनाउनुभयो भने अघि बढ्न सहज हुन्छ र तपाईँमा सकारात्मकता र ऊर्जा आउँछ।

बिहान खाली पेटमा पानी पिउने बानी बसाल्नुहोस्। यसले तपाईँलाई ऊर्जा दिन्छ र पाचनप्रणालीलाई राम्रो बनाउँछ। यो सजिलो बानी हो। जसबाट धेरै लाभ पनि हुन्छ।

सधैँ गम्भिर हुनुभन्दा हाँस्नु रमाउनु राम्रो पक्ष हो। जसले तपाईँलाई निराश र तनावबाट बचाउँछ। किनकि अनुहारको मुस्कानले आधा समस्याहरुको समाधान गर्दछ। त्यसैले, कठिन परिस्थितिमा पनि मस्कुराउने प्रयास गर्नुहोस्।

जिन्दागी भनेको सिकाई हो। सिक्नलाई कहिल्यै अल्छी गर्नुहुँदैन। प्रत्येक चुनौती स्वीकार गर्नुहोस्। यसो गर्दा तपाईँ मच्योर हुनुहुनेछ।

 

बहाना बनाएर कहिल्यै काम नटार्नुहोस्। यसरी काम टार्ने बानी बन्दा सफलता तपाईबाट टाढा भाग्छ। कुनै काम गाह्रो भएमा बहाना बनाउनुको साट्टो कोेशिष गर्नुहोस्।

तपाईँ आफूसँग भएको कुरामा नै खुसी हुन सिक्नुहोस्। दिनभरि भोगेको कुरालाई याद गरेर राती सुत्ने बेलामा तिनीहरूप्रति आभार प्रकट गर्नुहोस्। यसो गर्दा तपाईँ सकारात्मक विचारले भरिनुहुनेछ।

संगित सुन्ने बानीको बिकास गर्नुहोस्। संगित सुन्दा आनन्द मात्रै पाउने हैन। यसले ध्यानको पनि काम गर्छ। संगितले तपाईँलाई ऊर्जा दिन्छ र तपाईँ तनावबाट मुक्त हुनुहुन्छ।

खानपानमा कहिल्यै लापारवाही नगर्नुहोस्। समयमा उचित खाना नखाँदा बिरामी पर्न सकिन्छ। स्वास्थ्यलाई खराब पार्ने जंक फूडहरू कहिल्यै नखानुहोस्।

कविता, चित्रकला, स्विटर बनाउने, डायरी लेख्ने, नयाँ मान्छेसँग भेट्ने लगायतका जुनसुकै भएपनि बानी बनाउनुहोस्। जसले गर्दा तपाईँको मन काममा लाग्छ। तपाईँको सिर्जनात्मकता देखिने काम गर्दा खुशी प्राप्त हुन्छ। आफ्नो कला पनि अरुलाई देखाउनुहोस्।

स्मार्टफोन घरिघरि नखोल्नुस्। मानिसहरूसँग भेटघाट हुँदा फोन चेक गर्न नथाल्नुहोस्। त्यसो गर्दा उनीहरुमा अपमान गरेको ठान्छन्। घरिघरि फोन चेक गर्नु एक रोग नै हो र वैज्ञानिकहरूले यसलाई फबिङ नाम दिएका छन्।

प्रतिक्रिया दिनुहोस्