महिलाहरु किन विवाहित पुरुषप्रति आकर्षित हुन्छन्?



२९ पुष २०७६, काठमाडौं

हरेक महिलाहरु आफ्नो जीवनसाथी आफूले सोचेको जस्तो होस्। आफूलाई माया गर्ने, बुझ्ने अनि राख्ने होस् भन्ने चहान्छन्।

त्यसैले, महिलाहरु आफूभन्दा अलि बढी नै उमेर भएका पुरुषलाई मन पराउँछन्। तर यसमा पनि कोही महिला भनेको बिवाहित पुरुषलाई मन पराउँछन्।

 महिलाहरु विवाहित तथा पाका उमेरका पुरुषलाई नै किन मन पराउँछन्? जान्नुहोस् कारण…..

हाम्रो समाजमा अधिकांश जोडीको उमेर फरक त हुन्छ नै। केही अपवाद छोडेर प्रायः जसो जोडीमा पुरुषको तुलनामा महिलाहरु कम उमेरका नै हुन्छन्।

हालसालै गरिएको एक नयाँ अध्ययनका भन्छ, पुरुषले नै आफू भन्दा कम उमेरकी महिला खोजेर यस्तो भएको होइन। बरु महिलाहरु नै आफू भन्दा पाको उमेरको पुरुषसँग सम्बन्ध राख्न चाहन्छन्।

सुरक्षित महिलाहरु आफूभन्दा पाको उमेरका पुरुष खोज्नुका धेरै कारण छन्। खासमा पाको उमेरका पुरुषसँग उनीहरुलाई सुरक्षित महसुस हुन्छ।

पाको उमेरका पुरुषहरु आर्थिक रुपमा पनि बलियो हुन्छन् भन्ने विश्वास हुन्छ। उनीहरुमा जीवनको अनुभव पनि धेरै हुन्छ। पाको उमेरका पुरुषसँग महिलाले सुरक्षित महसुस गर्छन्।

समझदारी

महिलाका भावनात्मक कुरा पाको उमेरका पुरुषले बढी वुझ्छन् भन्ने वुझाई महिलाहरुमा हुन्छ। महिलाहरुको भावना बुझ्न कम उमेरकाले नसक्ने र उनीहरुलाई तारिफ पनि पाका उमेरका पुरुषले गर्ने हुँदा महिलाहरुलाई पाका उमेरका पुरुष मन पराउँछन्।

आफ्नै उमेरका वा कम उमेरका पुरुषबाट यी कुरा नपाइने हुँदा महिला पाका उमेरका पुरुषतर्फ आकर्षित हुन्छन्।

दुनियाँको ज्ञान

पाको उमेरका पुरुषमा बाहिरी दुनियाँको ज्ञान बढी हुन्छ। आफ्नो प्रेमी वा पतिले आफूलाई दुनियाँका विभिन्न कुराबारे जानकारी दिएको महिलाहरुलाई मन पर्छ।

यस्ता पुरुषमा सही या गलत छुट्टयाउन सक्ने क्षमता हुने महिलाहरु ठान्छन्। खासमा महिलाहरु हरेक प्रश्नको जवाफ पति वा प्रेमीले नै दिएको मन पराउँछन्।

शान्ती महशुष

अधिकांश महिलाहरु छिट्टै आत्तिने र रिसाईहाल्ने हुन्छन्। स–साना कुरामा रिसाउने र आत्तिने त महिलाहरुको बानी नै हो।

जसकारण यस्तो कुरा बुझ्नका लागि र सम्हाल्नका लागि पाका उमेरका पुरुषको खोजीमा महिलाहरु हुन्छन्। आफूलाई मानसिक रुपमा सम्हाल्न सक्ने र ढाडस दिन सक्ने पुरुषलाई पति वा प्रेमी बनाउन महिलाहरु उद्दत हुन्छन्।

धोका नदिने

महिलाहरु कम उमेरका पुरुषभन्दा पाका उमेरका धोका दिने खतरा कम हुने देख्छन्।

खासगरी कम उमेरका पुरुषहरु चंचल हुने र भेटे सम्म अन्य केटीहरुलाई हेरि हाल्ने डर महिलामा हुन्छ। उनीहरु चहान्छन्, आफ्नो पति वा प्रेमीले अन्य महिलालाई वास्ता नगरोस्। त्यसकारण पाको उमेरका पुरुषप्रति आर्कषित हुन्छन्।

अनुभवी

महिलाहरुलाई यस्तो पुरुष मन पराउँछन् कि, जो अनुभवी हुन्। जीवनका अनेक अनुभव भएका पुरुष उनीहरुलाई मन पर्छ।

महिलाहरु चहान्छन्, आफ्नो जीवनसाथी यस्तो होस् जसमाथि हरेक कुरामा भर पर्न सकयोस्।

प्रतिक्रिया दिनुहोस्