गायक निशान भट्टराईको दुर्घटनामा निधन



२९ पुष २०७६, काठमाडौं

गायक निशान भट्टराईको सवारी दुर्घटनामा परी निधन भएको छ ।

दरबारमार्गस्थित बानथाई रेस्टुरेन्टबाट मंगलबार राति निवास फर्कने क्रममा भट्टराईले चलाएको कार तीनकुनेस्थित सडकको पोलमा ठोक्किएर दुर्घटना भएकाे थियाे । जसमा भट्टराई गम्भीर घाइते भएका थिए । लगत्तै उनलाई उपचारका लागि ट्रमा सेन्टर लगिएकोमा त्यही उनको निधन भएको हो ।

घाइते भट्टराईलाई ट्रमा सेन्टरमा उपचारका लागि पुर्‍याउँदा चिकित्सकले मृत घोषित गरेको बताइएको छ ।

भट्टराई ४० को दशकको अन्त्यतिर गजल गायन बाट नेपाली गीत सङ्गीतामा उदाएका गायक हुन् । गजल गायनमा निपुण भट्टराई स्टेजसँगै होटेल रेस्टुरेन्टहरूमा गजल गाउँदै आइरहेका थिए । धरान स्थायी ठेगाना भएका भट्टराई गायिका लोचन भट्टराईका भाइ हुन् ।

प्रतिक्रिया दिनुहोस्