बालगृह संचालन तथा व्यवस्थापन अभिमुखिकरण कार्यक्रम उपलब्धिमूलक



२८ पुस २०७६, काठमाडौं

कागेश्वरी मनोहरा नगरपालिकाको आयोजनामा भएको बालगृह संचालन तथा व्यवस्थापन सम्बन्धी एक दिने तालिम उपलब्धिमूलक भएको छ ।

स्थानीय निकाएको सहयोगमा बालगृह संचालन तथा व्यवस्थापन सम्बन्धी अभिमुखिकरण कार्यक्रम लिन पाउदा बालगृह संचालकहरुले खुशी व्यक्त गरे । कार्यक्रममा सहभागिहरुले बालगृह संचालन गर्दा ध्यानदिनुपर्ने कार्यहरु थाहा नपाएको समेत जनाए । उनीहरुले हालसम्म पनि बालगृह चलाउदा जानकारीको अभावले केही गल्ती गरिएको भन्दै यसलाई छिट्टै सुधारमा ल्याउने प्रतिवद्धता जनाए ।

कार्यक्रमको सम्बोधन गर्दै नगरप्रमुख कृष्णहरी थापाले आफ्नो नगरभित्र संचालनमा रहेका बालगृहले के–के काम गरेका छन् ? कसरी संचालन गरेका छन् ? फरक क्षमता भएका बालबालिकालाई कसले प्राथमिकता दिएका छन् ? केको आधकारमा छुटयएर कस्तालाई पहिलो प्रथमिकता दिएका छन् ? लगायतका प्रश्नको उत्तर नदिने संस्था प्रति आपत्ति जनाए । त्यस किसिमका बालगृहलाई कानुनी दायरामा आउन समेत आग्रह गरे ।

नगरप्रमुख थापाले जहाँका जो सुकै बालबालिका भएपनि आफ्नो नगरभित्र बसोबास गर्नेलाई शिक्षाबाट बञ्चित गराउन नहुने धारणा व्यक्त गरेका थिए । आगामी दिनमा नगरभित्रका उदारणीय र सुधारणीय बालगृह कुन-कुन हुन् ? त्यस किसिमका बालगृह छुट्याउने बताउँदै राम्रो काम गर्नेलाई वडा तथा नगरले सहयोग गर्ने समेत प्रतिवद्धता जनाए । नगरप्रमुख थापा भन्छन्, ‘अनुगमनको क्रममा भेटिएका कमिकमजोरी पुनः नदोहोर्याउन आग्रह गर्दै दोहोरीयमा त्यसलाई छुट दिन सकिदैन ।’

प्रशिक्षक अष्टलाल शाक्यले एक दिने बालगृह संचालन तथा व्यस्थापन मापदण्ड २०६९ बारे अभिमूखिकरण कार्यक्रममा बालगृह कसरी चलाउने ? आवश्यक नियम तथा कानुन के हुन् ? लगायत विभिन्न विषयमा जानकारी दिएकी थिईंन् । संचालकहरुले संस्था संचालन गर्दा गरिएका कमिकमजोरी लगातयका विषयमा समेत आवश्यक छलफल गरिएको थियो ।

प्रमुख प्रशासकिय अधिकृत गिरीराज ज्ञवालीले निर्दोष बालबालिकालाई मापदण्ड भन्दा बाहिर रहेर विभिन्न किसिमका नकारात्मक गतिविधि गर्न नहुने धारणा व्यक्त गरे । मापदण्ड अनुसार ‘समृद्ध बालक, शुखी बालक’ बनाउन आवश्यक रहेको धारणा समेत व्यक्त गरेका थिए ।

वडा नं. ५ का वडाध्यक्ष तथा नगर प्रवक्ता राजाराम पुँडासैनीले निर्वाचित भए पश्चात हालसम्म यस किसिमका कार्यक्रम नगरेको बताए । नगर प्रवक्ता पुडासैनीले स्थानीय सरकारले सम्बन्धित निकायसँग समन्वय गरि स्थानीय नीति नियम बनाउन सकिने धारणा व्यक्त गरे । स्थानीय निकाएमा भएका नीति नियम र कानून कार्यन्वयन गर्न आवश्यक रहेको समेत बताए ।

कागेश्वरी मनोहरा नगरपालिकाले बालगृह अनुगमनको क्रममा प्रमाणपत्र पेश गर्न नमान्ने, नगरमा सुचिकृत नभएका, बिना बोर्ड संचालनमा रहेका, ठेगाना अन्य नगरपालिकामा राखि यस नगरमा संचालित रहेका, नगरले खबर गरेर जाँदा व्यवस्थित र खबर नगरि जाँदा अस्तव्यस्त देखिने लगायतका विभिन्न समस्याहरु देखापरेपश्चात यो कार्यक्रम आयोजना गरिएको जानकारी गराईएको छ ।

कार्यक्रममा नगरभित्र संचालनमा रहेका १९ वटा बालगृह मध्ये १७ वटाबाट प्रतिनिधिहरु आएको जानकारी गराईएको छ । नगरभित्रका संपुर्ण बालगृहमा गरि छात्र २४४ र छात्रा ३३७ गरी जम्मा ५८१ जना बालबालिकालाई सहयोग गरेको नगरले अनुगमन गरेको तथ्याङ्कमा उल्लेख छ ।

कार्यक्रममा स्वागत मन्तव्य न्यायीक समिति सदस्य अष्टलाल शाक्यले गरेका थिए भने संचालन महिला तथा ज्येष्ठ नागरिक संयोजक सविना श्रेष्ठले गरेकी थिईन् ।

प्रतिक्रिया दिनुहोस्