सुशान कुँईकेलको दोहोरी ब्याटल गीत “फुच्ची”सार्वजनिक



२८ पुस २०७६, काठमाडौं

गायक सुशान कुँईकेल र गायिका जितु लोप्चन’को दोहोरी ब्याटल गीत “फुच्ची”सार्वजनिक भएको छ । गायक सुशान कुँईकेल बहु प्रतिभाका गायक हुन्, गायक कुँईकेल फरक फरक विधाका गीत गाउने अब्बल गायक भन्दा पनि फरक नपर्ला, केहि समय अघि उनको आवाजमा “कान्छी”बोलको पप गीतले पनि चर्चा परिचर्चा कमाएको थियो ।

सोहि अनुरुप उनले अहिले लोक पप दोहोरी ब्याटल ‘फुच्ची’ गीत बजार ल्याएको केहि समयमै उनको गीतको चर्चा परिचर्चा हुन लागेको छ । गायक सुशान’लाई गाएकीमा गायिका जितु लोप्चनले साथ दिएकी छिन् ।

गीतमा रुपक अधिकारी शब्द, बाल कृष्ण सेवाचार्य ‘को संगीत तथा संगीत संयोजन रहेको छ भने गीतको भिडियोमा निर्देशन बाल कृष्ण सेवा’ छायाँकन तथा भिडियो सम्पादन अशोक रन्जितको रहेको छ । उक्त भिडियोमा गायक सुशान कुँईकेल, सम्रिना बस्नेत र साथीहरुको रमाईलोअभिनय देख्न पाईञ्छ ।

गायक सुशान भन्छन यो दोहोरी ब्याटल टाईपको गीत हो यसमा सिम्पल टिपिकल र समय सान्दर्भिक शब्दहरु समाबेश छन् । आशा छ यो मेरो गीतलाई दर्शक स्रोताहरुले मन पराइदिनुहुने छ । गीत’को भिडियोलाई फ्लुत्तेर म्युजिक नेपाल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्