मौसम पूर्वानुमान : आजबाट फेरि हिउँदे झरी र हिमपात



२८ पुष २०७६, काठमाडौँ

भू–मध्य सागरको वायुको प्रभाव सक्रिय हुने भएकाले गत शुक्रबारबाट रोकिएको हिउँदे झरी फेरि सुरु हुने भएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार भू–मध्य सागरको वायु दक्षिण एसियाली मुलुकतर्फ बहने जलवाष्पयुक्त हावाको मात्रा पर्याप्त भएपछि हिउँदे झरी दोहोरिने भएको हो । यो चौँथो चरणको झरी गराउने वायु हो ।

सोमबार  दिनभर भने पहाडी भू–भाग सामान्यतया सफा नै रहने र तराईका भूभागहरुमा भने हुस्सु लाग्ने सम्भावना रहेको छ ।यसैगरी, रातिबाट देशका पश्चिमी भूभागमा आंशिकदेखि सामान्य बदली हुनेछ । पश्चिमी पहाडी भूभागहरुमा हल्का वर्षाको सम्भावना रहेको छ भने उच्च पहाडी र हिमाली क्षेत्रका केही स्थानमा हिमपात हुने सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्