
२७ पुष २०७६, काठमाडौं
उपसभामुख शिवामाया तुम्बाहाङ्फेले पितृसत्ता राजसंस्थाभन्दा पनि बलियो भएको बताएकी छिन्।
आफैँले लेखेकी ‘नेपालमा महिला आन्दोेलन’ नामक पुस्तकमाथि परिचर्चा कार्यक्रममा उपसभामुख तुम्बाहाङ्फेले नेपाली राजनीतिमा रहेको पितृसत्ता राजतन्त्रभन्दा पनि बलियो भएको र त्यसले महिलालाई जकडेर राख्नुका साथै पुरुषलाई पनि शिकार बनाएको बताएकी हुन्।
यस्तै तुम्बाहाङ्फले महिलाले मुक्ति पाउन नसक्नुको कारक पितृसत्ता भएको बताइन्। “पितृसत्ता यस्तो चिज रहेछ। यो भन्ने शब्द होइन रहेछ। यो संस्था रहेछ। जुन संस्थाको कारणले गर्दाखेरि महिलाहरू त्यहाँबाट उन्मुक्ति पाउन पहिले पनि सकेनन् र अहिले पनि सकिरहेका छैनन्।” उनले भनिन्।
नेपाली जनताले पनि पितृसत्तालाई फाल्न नसकेको तुम्बाहाङ्फेको भनाइ थियो।
फाइल तस्वीर





