
२७ पुष २०७६, काठमाडौं
कर्तव्य ज्यान मुद्दाका फरार रहेका प्रतिवादी विष्णु लामालाई प्रहरीले गोली प्रहार गरी नियन्त्रणमा लिएको छ।
लामालाई महानगरीय प्रहरी वृत्त बौद्धको टोलीले आइतबार साँझ नियन्त्रणमा लिएको हो। प्रहरीमाथि आक्रमण गर्न खोजेपछि घुँडामुनी गोली प्रहार गरेर लामालाई नियन्त्रणमा लिइएको महानगरीय वृत बौद्धले जनाएको छ।
लामालाई वीर अस्पतालमा उपचारका लागि पुर्याइएको छ। वृत बौद्धका अनुसार लामा विरुद्ध बौद्धमा ज्यान मार्ने उद्योग र सिन्धुपाल्चोकमा कर्तव्य ज्यान मुद्दा दर्ता छ।
सांकेतिक तस्वीर





