क्यान्सर र माटोपनको अचुक औषधी प्याजको चिया



२७ पुष २०७६, काठमाडौं

तपाईँले पक्कै पनि अदुवा र तुलसीको चिया त पिउनु भएकै होला? तर.. के तपाईँले प्याजको चिया पिउनुभएको छ?

सुन्दा तपाईँलाई अचम्म लाग्न सक्छ। तर प्याजको चिया स्वास्थ्यको लागि निकै फाइृदाजनक मानिन्छ।

प्याजको चिया पिउनाले विभिन्न रोगहरुबाट बच्नका साथै सधैँ स्वस्थ र फिट रहने चिकित्सकहरुको भनाई छ।

प्याजको चिया बनाउने तरिकाः

सबैभन्दा पहिला पानी उमाल्ने र उमालेको पानीमा प्याज काटेर हाल्नुहोस्। त्यसको केहीपश्चात् बनेको प्याज चियालाई छान्नुहोस्।

जसमा स्वादको लागि कागती वा ग्रीन टी ब्यागमा हाल्न सक्नुहुन्छ। यदि गुलियो चाहिएमा मह पनि हाल्न सक्नुहुन्छ।

यसरी तयार भएको प्याजको चिया पिउनाले शरिरलाई निकै फाईदा पुग्ने चिकित्सकहरु बताउँछन्।

प्याजको चियाको सेवनले हाइपरटेन्शनबाट बचाउनका साथै रगतको थेक्लो पनि जम्न दिदैन। यसले डायबिटीजबाट आराम दिलाउँछ। जसका साथै प्याजको चियाको सेवनले क्यान्सरको कोशिकाहरूको विकास हुन पनि दिदैन।

विशेषगरि यो कोलोन क्यानसरको लागि उत्तिकै लाभदायिक हुने चिकित्सकहरु बताउछन्। जसको नियमित सेवनले मोटोपनबाट पनि छुटकारा पाउन सकिन्छ।

त्यस्तै, अनिद्राको समस्या छ भने सधैँ प्याजको चिया पिउनाले यो समस्याबाट पनि मुक्त पाउन सकिन्छ। र निद्रा आउँछ।

प्रतिक्रिया दिनुहोस्