यी हुन् अनिद्राले निम्त्याउने रोग



२७ पुष २०७६, काठमाडौं

विशेषगरि निद्रा हाम्रो जीवनको महत्वपूर्ण पाटो हो। शरिरलाई आवश्यक मात्रामा निद्रा पुगेन भने विभिन्न रोगहरु उत्पन्न हुन्छन्।

निन्द्रा राम्रोसँग पूरा नहुनु र राम्रोसँग सुत्न नसक्नुलाई अनिद्रा भन्ने गरिन्छ।

अनिद्राको प्रमुख कारण तनाव, खानपानको गलत बानीसँगै अस्वस्थकर जीवनशैली र मोबाइल, ल्यापटप, कम्प्युटर, टीभी लगायतलाई पनि मान्न सकिन्छ।

किनकि जसमा अधिकांश मानिस आवश्यकताभन्दा बढी नै समय बिताईरहेका हुन्छन्। जसकारण पुरा निन्द्रा पुर्याउन सकेका हुँदैनन्।

जुन अनिद्राका कारण विभिन्न स्वास्थ्य समस्याहरु उत्पन्न हुन्छन्। जान्नुहोस् ती समस्याहरु…..

-अनिद्राको समस्या भएमा बिहान उठ्दा स्फूर्तिको अनुभूति नहुने, दिनमा निद्रा लाग्ने, काममा मन नजाने लगायत समस्या हुन्छ।

-अनिद्राका कारण सम्झने शक्तिमा पनि कमी आउँछ। यसका साथै मानसिक अस्थिरतासमेत निम्त्याउँछ ।

-अनिद्राका कारण शरिरमा कर्टिसोल हर्मोनको उत्पादनमा वृद्धि हुन्छ। जसले शरिरमा चिनीको मात्रा बढाउने काम गर्दछ। त्यसैले, राम्रोसँग निद्रा नपर्ने व्यक्ति मधुमेहको जोखिममा पर्दछन्।

-अनिद्राका कारण उच्च रक्तचापको समस्या पनि हुन सक्छ। अनिद्राको समस्या निरन्तर रहिरहेमा मुटुसम्बन्धी रोगको खतरा पनि बढेर जाने सम्भावना हुन्छ।

-अनिद्रा र यसबाट उत्पन्न हुन सक्ने सबै शारीरिक तथा मानसिक समस्याबाट बच्नका लागि व्यवस्थित जीवनशैली अवलम्बन गर्नु पर्दछ।

-निद्रा नपरेमा वा पर्याप्त मात्रामा नसुतेमा यसको असर हाम्रो पाचन प्रणालीमा पनि पर्न जान्छ। यसकारण मानसिक तनाव उत्पन्न भई पाचन प्रक्रिया पनि धिमा हुने समस्या निम्तिन जान्छ।

-मौसमले पनि निद्रालाई प्रभावित पार्न सक्छ। गर्मी मौसममा बढी र जाडो मौसममा कम निद्रा लाग्ने हुन सक्छ ।

प्रतिक्रिया दिनुहोस्