‘राजीनामाबारे मलाई जानकारी छैन, भोलिको बैठक मै चलाउँछु’



२६ पुष २०७६, काठमाडौं

उपसभामुख शिवमाया तुम्बाहाम्फेले आफूलाई राजीनामा दिन लगाउने नेकपा सचिवालयको निर्णयबारे कुनै जानकारी नभएको बताएकी छिन्।

सचिवालय बैठकले शनिबार (आज) उनलाई राजीनामा दिन लगाउने निर्णय गरेकोबारे आफूलाई कुनै जानकारी नै नभएको उनको भनाई छ।

उपसभामुखलाई राजीनामा दिन नेकपाको आग्रह

उनले आईतबार (भोलि) को लागि बोलाइएको प्रतिनिधि सभाको बैठक पनि आफैँले सञ्चालन गर्ने बताएकी छिन्।

“राजीनामाबारे मलाई कुनै जानकारी छैन। भोलिको बैठक मै चलाउँछु।” उनले भनेकी छिन्।

नेकपाले सभामुखमा उम्मेदवारी दिँदैः को बन्ला त सभामुख?

शनिबार बसेको नेकपा सचिवालय बैठकले भने उपसभामुखलाई राजीनामा दिन लगाउनेसँगै नेकपाले सभामुखमा उम्मेदवारी दिने निर्णय गरिसकेको छ।

प्रतिक्रिया दिनुहोस्