जब सारालाई फ्यानले हातमा किस गर्न खोजे…



२६ पुष २०७६, काठमाडौँ

पछिल्लो समयमा सामाजिक सञ्जालमा विभिन्न कारण चर्चा कमाइरहेकी हुन्छिन् बलिउड अभिनेत्री साराअली खानले । केहीसमय अघि उनी भाइसँगको रमाइलो तस्बिरका कारण चर्चामा आएकी थिइन् । अहिले पनि सामाजिक सञ्जालमा साराको एक भिडियो निकै भाइरल भैरहेको छ ।

भिडियोमा साराका एक फ्यानले उनीसँग हात मिलाउँदै उनको हातमा किस गर्न खोजेका छन् । यो देखेर सारा हात छुटाउँदै पछाडी हट्छिन् । यत्तिकैमा उनका बडिगार्डहरु आउँछन् र साराको वरिपरी भएका मिडिया पर्सन र साराको हातमा किस गर्न चाहने व्यक्तिलाई त्यहाँबाट हटाएर सारालाई लिएर जान्छन् ।

 

प्रतिक्रिया दिनुहोस्