
२६ पुष २०७६, काठमाडौं
चितवनमा फेरि अर्को गैंडा मृत फेला परेको छ।
गैंडा रंगोली घोलमा गढेको अवस्थामा रहेकाले भाले वा पोथी के हो खुल्न सकेको छैन। गैंडा ५/७ दिनदेखि मरेको हुनसक्ने अनुमान गरिएको छ।
अहिले गैंडालाई पानीबाट निकाल्नका लागि स्काभेटरको प्रयोग गरिँदै छ। यो महिना मात्र चितवन राष्ट्रिय निकुञ्जमा दुई वटा गैंडा मृत भेटिएका छन्। गत २० पुषमा रतौलको मध्यवर्ती जंगल नजिकको तोरीबारीमा गैंडा मृत भेटिएको थियो।
चालू आवमा यो सँगै ७ वटा गैंडा कालगती र विभिन्न कारणले मरेका छन्।





