
२६ पुष २०७६, काठमाडौं
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनलाई जन्मदिनको शुभकामना सन्देश पठाएका छन्।
अमेरिकी राष्ट्रपति ट्रम्पबाट नेता किमका लागि जन्मदिनको शुभकामना प्राप्त भएको उत्तर कोरियाली सरकारी समाचार संस्था केसिएनएले जनाएको छ।
शुभकामना स्वागत गरिए पनि त्यसले वार्ताको वातावरण भने नबनाउने कोरियाले स्पष्ट पारेको छ। ‘दुई नेताबीच राम्रो सम्बन्ध छ। तर, यसकै आधारमा अमेरिकाले वार्ताको पुनः सुरुवात हुने अपेक्षा गर्नु गलत हुनेछ।’ उत्तर कोरियाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
नेता किमको जन्मदिन गएको बुधबार अर्थात् ८ जनवरीमा थियो। ट्रम्पले सोही अवसर पारेर शुभकामना पठाएका थिए।
फाइल तस्वीर





