जाडोमा सधैँ सुन्दर रहन खानुहोस् यी फलफुल



२६ पुष २०७६, काठमाडौं

प्रायः सबै खाने कुराले को आ–आफ्नै खालको उर्जा दिने गर्दछ। त्यसैगरि फलफूलले पनि हाम्रो छाला स्वस्थ, फूर्तिलो र सुन्दर बनाउन मद्दत गर्दछ।

जाडोमा यस्ता फलफूल खादा अनुहारको छालाका लागि फाइदा पुग्ने गर्दछ।

अनार

अनारले छालालाई स्वस्थ बनाउँछ। अनुहार चाउरिन दिँदैन। जाडोमा अनार खाँदा रोमछिद्र खुल्छन् र छाला चम्किलो बन्छ।

किवी

किवीमा भिटामिन ई र एन्टी–अक्सिडेन्ट प्रचुर मात्रामा पाइन्छ। यसले छालाका कोशिकालाई लामो समयसम्म स्वस्थ राख्ने काम गर्छ।

केरा

केरामा पोटासियम प्रशस्त मात्रामा हुन्छ। जसले रुखो छालालाई नरम बनाउँछ। केरामा पाइने भिटामिन ई र सीले छालामा चमक ल्याउँछन्।

वजन बढ्ने डरले केरा खान गाह्रो लाग्छ भने यसको प्याक बनाएर अनुहारमा लगाउनुपर्छ। जाडोमा केराको प्याक लगाउँदा छाला स्वस्थ र नरम बन्छ।

भुइँकटहर

यसमा पाइने एन्टी–अक्सिडेन्टले अनुहारको छाला चाउरिन दिँदैन। साथै, काला दाग–धब्बा र ब्ल्याकहेड्सबाट पनि अनुहारको छालालाई बचाउँछ।

मेवा

भिटामिन ए प्रशस्त पाइने मेवाले मृत कोशिकलाई हटाउने काम गर्छ।

अमला

अमलाले रगत सफा गर्छ। जसले गर्दा अनुहारमा चमक आउँछ।

प्रतिक्रिया दिनुहोस्