उपप्रधानमन्त्री पोखरेल चढेको हेलिकोप्टर आकस्मित अवतरण



२५ पुष २०७६, काठमाडौं

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल सवार सेनाको हेलिकोप्टर पाल्पाको तानसेनमा आकस्मिक अवतरण गरिएको छ।

पोखरेल काठमाडौंबाट रुपन्देहीको एक कार्यक्रममा जाने क्रममा मैसम खराबीका कारण पाल्पाको तानसेनमा हेलिकोप्टर आकस्मिक अवतरण गरिएको हो। शुक्रबार साँझ ५ः३० बजे पोखरेल सवार हेलिकोप्टर तानसेनमा अवतरण भएको प्रशासन कार्यालय पाल्पाले जनाएको छ।

त्यसपश्चात् मन्त्री पोखरेल तानसेनबाट गाडी चढेर रुपन्देही गएका हुन्।

फाइल तस्वीर

प्रतिक्रिया दिनुहोस्