‘समुदाय र प्रहरीले चाहेको समाज उस्तै हो’ : मेट्रो प्रमुख विश्वराज पोखरेल



२५ पुष २०७६, काठमाडौं

प्रहरीले सधै समाज रक्षाका लागि दिनरात खटेर सुरक्षा प्रदान गर्दछ । समाजलाई प्रहरी भए हामी सुरक्षित छौं भन्ने ढुक्क हुन्छ, यो स्वभाविक हो । दुबैलाई चाहिएको शान्तिपूर्ण एवं सुरक्षित समाज हो । त्यसैले समुदाय र प्रहरी एक आपसमा मिलेर बस्न आवश्यक छ ।

समुदाय–प्रहरी पालिका समिति बूढानीलकण्ठ नगरपालिकाको आयोजनामा भएको सुरक्षा सुदृढीकरण सम्बन्धी अन्तरक्रिया कार्यक्रममा काठमाडौं मेट्रो प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले सबैले आफ्ना कर्तव्य र अधिकार बारे जान्नु पर्छ भन्दै मानवीय मुल्य, मान्यता, संस्कार, चरित्र र राम्रो व्यवहार भएका युवा समाजमा आवश्यक भएको बताए ।

हामी धेरै अर्काका कर्तव्यका कुरा गर्छौ तर आफ्ना अधिकार के–के हुन् ? त्यसका सीमाहरु के हुन् ? सोच्दैनौं । यो हामी आफैले सोच्न आवश्यक छ, उनले भने, ‘आफुले सामान्य सडक नियम पालना गर्ने, पार्किङ गर्ने लगायतका कार्यमा तपाईँहरु आफैँ सतर्क हुन जरुरी छ ।’

मेट्रो प्रमुख पोखरेलले भने, ‘तपाईँहरुले चाहेको सुरक्षित रुपमा जीउन पाइयोस् भन्ने नै हो, जुन हामीले चाहेका छौं । सबैले आफ्ना कर्तव्य र अधिकार बारे जान्नु पर्छ भन्दै मानविय मुल्य, मान्यता, संस्कार, चरित्र र राम्रो व्यवहार भएका युवा समाजमा आवश्यक छ यो राज्य संयन्त्रको अपेक्षा हो ।’

हाम्रा लक्ष्य र उद्देश्यहरु साझा एजेण्डाका रुपमा बनाउनु पर्ने धारणा व्यक्त गर्दै मेट्रो प्रमुख प्रहरी नायब महानिरीक्षक पोखरेलले शान्ति सुरक्षा, सुशासन, विकास र समृद्धिका लागि सबै एकआपसका जुट्न आवश्यक रहेको बताए । सबैले मिलेर गरेको विकास र समृद्धि दीर्घकालीन हुने प्रष्ट पारे ।

कार्यक्रममा बूढानीलकण्ठ नगरपालिका प्रमुख उद्धव खरेलले नगर स्तरीय रुपमा वडाभित्रका विभिन्न विद्यालय र वडामा समुदाय–साझेदारी कार्यक्रम गर्न आवश्यक रहेको बताए । सकारात्मक सोचको विकास हुन अवश्यक रहेको बताउँदै हाम्रो चेतना स्तरमा बृद्धि हुनपर्ने धारणा व्यक्त गरे ।

समुदाय–प्रहरी पालिका समिति बूढानीलकण्ठ नगरपालिकाको आयोजनामा भएको सुरक्षा सुदृढीकरण सम्बन्धी अन्तरक्रिया कार्यक्रममा महानगरीय प्रहरी बृत महाराजगंजका कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक उमेश लम्सालले आफ्नो क्षेत्रमा भएका अपराधिक गतिविधि लगायत कामकारवाहीको सम्वन्धमा प्रस्तुत गरेका थिए भने संचालन बूढानीलकण्ठ प्रहरी बृतका प्रमुख प्रहरी निरीक्षक भुपेन्द्र गिरीले गरेका थिए । कार्यक्रममा मानवसेवा आश्रमबाट प्रदर्शन हुँदै आएको नाटक ‘लौरो’ समेत प्रस्तुत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्