मन्त्रीद्वय ढकाल र बाँस्कोटालाई थप मन्त्रालयको जिम्मेवारी [विज्ञप्ति सहित]



२५ पुष २०७६, काठमाडौं

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटा र स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई थप मन्त्रालयको जिम्मेवारी दिइएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ढकाल र बाँस्कोटालाई थप मन्त्रालयको जिम्मेवारी दिएका राष्ट्रपति कार्यालयद्वारा शुक्रबार जारी विज्ञप्तिमा उल्लेख छ।

बाँस्कोटालाई शहरी विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ भने ढकाललाई कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी दिइएको छ।

समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव तथा सोही पार्टीका मोहम्मद इस्तियाक राईले सरकार छाडेपछि ती मन्त्रालयहरू प्रधानमन्त्रीले सम्हाल्दै आएका थिए।

विज्ञप्ति

 

प्रतिक्रिया दिनुहोस्