बस दुर्घटनाः २ को मृत्यु, १६ घाइते



२५ पुष २०७६, काठमाडौं

पाल्पाको रामपुरबाट पोखरातर्फ जाँदै गरेको यात्रुवाहक बस शुक्रबार दिउँसो तनहुँको घिरिङ गाउँपालिका–३, मानपुर नजिक दुर्घटना हुँदा २ जनाको ज्यान गएको छ।

दुर्घटनामा अन्य १६ जना घाइते भएका छन्। ग १ ख ६१७५ नम्बरको बस दुर्घटना हुँदा तनहुँको घिरिङ–१ बैंडीकी २० वर्षीया मीना थापा र घिरिङ ३ की ननीमाया गुरुङको ज्यान गएको इलाका प्रहरी कार्यालय भिमादले जनाएको छ।

दुर्घटनामा घाइते भएकाहरुको भिमादका स्वास्थ्य संस्था र मणिपाल शिक्षण अस्पताल पोखरामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। हिलाम्मे सडकमा बस चिप्लिएर दुर्घटना भएको र बस सडकबाट झण्डै ३५ मिटर तल खसेको प्रहरीको भनाई छ।

प्रतिक्रिया दिनुहोस्