यी हुन् थाइराइडका बिरामीले खानुुपर्ने खाना



२५ पुष २०७६, काठमाडौं

मेटाबोलिजम (पौष्टिक तत्वबाट प्राप्त क्यालारी शक्तिमा रुपान्तरण गर्ने क्रिया) मा थायराक्सिन हर्मोन थाइराइड ग्रन्थीमा बन्छ। थायराक्सिन हर्मोन बन्ने क्रममा असन्तुलन हुनासाथ थाइराइडको समस्या हुने गर्दछ।

कुनै व्यक्तिले सेवन गरेको खाना राम्रोसँग मेटाबोलाइज र खानालाई शरिरले शक्तिको रुपमा प्रयोग गर्न सकेन भने यस्तो अवस्थामा हाइपो थाइराइड हुन्छ। थाइराइडको समस्यामा बिषेशत औषधी खानुपर्ने सल्लाह दिइन्छ। तर खानेकुराले पनि थाइराइडलाई केहि हदसम्म व्यवस्थापन गर्न सकिन्छ।

हाइपर थाइराइडमा बढि क्यालोरी दिनुपर्छ भने हाइपो थाइराइडमा थोरै क्यालोरी दिएर व्यवस्थापन गरिन्छ।

आइरनयुक्त खानेकुरा दूधजन्य खानेकुरा, माछा, अन्डा, च्याउ, ओखर, बदाम, नट्स, फलफूल, अदुवा, जुस, ग्रिन टी र प्रशस्त खाए वा थाइराइडलाई कम गर्न सकिन्छ।

आयोडिनको कमीका कारण थाइराइडको समस्या हुने भएकाले फूलगोभी र बन्दागोभी जस्ता तरकारी खानु हुँदैन।

जंकफुड, तेलमा तारेका, मैदाबाट बनेका र प्याकेटका खानेकुरा खानु हुँदैन।

साथै तौल व्यवस्थापन, मेडिटेसन, शारीरिक व्यायम, तनाब व्यवस्थापन गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्