कनौडियाले तिरे उखु किसानलाई १२ करोड, अझै ६ करोड बाँकी



२५ पुष २०७६, काठमाडौं

कांग्रेस सांसद एवं उद्योगी वीरेन्द्र कनौडियाले उखु किसानहरुको १२ करोड तिरेका छन्। उखु किसानको १८ करोड रुपैयाँ तिर्न बाँकी राखेका उनले १२ करोड रुपैयाँ उखु किसानहरुको खातामा जम्मा गरिदिएका हुन्।

‘उखु किसानहरुको खातामा १२ करोड रुपैयाँ जम्मा गरेर चिनी उद्योगी एवं कांग्रेस सांसद वीरेन्द्र कनौडियाले सोको जानकारी कांग्रेस केन्द्रीय कार्यालयलाई दिनुभएको छ।’ कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले ट्वीट गर्दै भनेका छन्।

यस्तै शर्माले कनौडियाले अब ६ करोड तिर्न बाँकी रहेको पनि उल्लेख गरेका छन्। कनौडियाले गत साता उखु किसानहरुसँग गरेको सहमतिअनुसार माघ ७ गतेभित्र सबै रकम चुक्ता गर्ने प्रतिबद्धता जनाएका थिए।

प्रतिक्रिया दिनुहोस्