ओली–प्रचण्ड र उपसभामुखबीच छलफल



२५ पुष २०७६, काठमाडौं

नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छलफल भएको छ।

प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा बोलाएर दुई अध्यक्षले तुम्बाहाङ्फेसँग कुराकानी गरेका हुन्। सभामुख चयनको प्रक्रिया अन्यौलमा परेपछि दुई पटक संसदको बैठक सूचना मार्फत् स्थगित भइसकेको छ।

अर्को बैठक आउँदो आईतबारका लागि बोलाइएको छ। ‘दुई अध्यक्षसँग उहाँको भेट भएको हो।’ संसद सचिवालय श्रोतले भनेको छ, ‘कुराकानी के भयो भन्ने खुलेको छैन।’ नेकपाले सभामुखको उम्मेद्वार टुंगो नलगाउँदा संसद बैठक पटकपटक अवरुद्ध हुँदै आएको छ।

नेकपामा पूर्व एमालेबाट सभामुख बनाउने कि पूर्व माओवादीबाट भन्ने विवाद छ। उपसभामुख तुम्बाहाङ्फेले भने पार्टीको निर्णय भए आफूले उपसभामुखबाट राजीनामा दिने बताउँदै आएकी छिन्।

फाइल तस्वीर

प्रतिक्रिया दिनुहोस्