भर्खरै बस दुर्घटना हुँदा २ को मृत्यु १७ घाइते !



२५ पुस २०७६, तनहुँ

तनहुँको घिरिङ गाउँपालिका ३ थानीमाईमा बस दुर्घटना हुँदा दुईजनाको मृत्यु १७ घाइते भएको छ ।

शुक्रबार बिहान १० बजेतिर रामपुरबाट पोखरा जाँदै गरेको ग १ ख ६१७५ नम्बरको बस दुर्घटना हुँदा घिरिङ १ बैंडीकी २० वर्षीया मुना थापा र घिरिङ ३ निवासी ४२ वर्षीया ननीमाया गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ । बस सडकबाट करिब ४० मीटर तल भीरमा खसेको प्रहरीले जनाएको छ ।

थापाको घटनास्थलमा तथा गुरुङको उपचारका क्रममा पोखराको फिष्टेल अस्पतालमा मुत्यु भएको प्रहरी उपरीक्षक विनोद सिलवालले जानकारी दिएका छन् । बसमा सवार २५ मध्ये १७ यात्रु घाइते भएका छन्। सबैको पोखराको मणिपाल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । हिलो बाटोमा चिप्लिँदा दुर्घटना भएको ट्राफिक प्रहरीको अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्