यी हुन् जाडोमा तोरीको साग खानुको फाईदाहरु



२५ पुष २०७६, काठमाडौं

जाडो मौसममा विशेष गरी खानपानमा ध्यान दिँदा पनि विभिन्न किसिमका संक्रमणबाट बच्न सकिन्छ। त्यसैले, जाडोमा शरिरलाई तातो र न्यानो बनाउने खानेकुराको सेवनमा जोड दिनुपर्छ।

शरिरलाई तातो बनाउनका लागि प्रशस्त सागसब्जी तथा मौसमी फलफुलको सेवन गर्नु पर्दछ। रायो, तोरी, चम्सुर पालुंगोजस्ता साग जाडोको समयमा उत्पादन हुने भएकाले यस्ता मौसमी सागले स्वास्थ्यलाई निकै फाइदा पुर्‍याउने गर्छ। त्यतै, जाडोमा पाइने तोरीको साग स्वास्थ्यका लागि अत्यन्त लाभदायक मानिन्छ।

तोरीको सागमा धेरै मात्रामा खनिज, भिटामिन, डाइटयुक्त फाइबर तथा प्रोटिन र निकै थोरै मात्रम क्यालोरी हुनेगर्छ। नियमित तोरीको सागको सेवनले रुघाखोकी तथा दम जस्ता रोगहरूलाई निको पार्न मद्दत गर्छ।

यसको सेवनले मानसिक क्षमताको विकास गरी शरीरको विषालु पदार्थलाई हटाएर क्यान्सरको सम्भावना कम गरी अन्य दीर्घकालीन रोग लाग्नबाट बचाउँछ । यसले ब्लाडर, कोलोन, स्तन, फोक्सो, प्रोस्ट्रेट र अन्डासयको क्यान्सरबाट जोगाउने गर्छ। नियमित रूपमा तोरीको साग खाँदा शरीरमा फाइबर र पोषणको मात्रा बढेर पाचन प्रकियालाई व्यवस्थापन गर्दै र तौल घटाउन मद्धत पुर्‍याउँछ।

खाएको खानालाई अपच हुन नदिइ पेटसम्बन्धी विभिन्न रोग हटाउने गर्छ। यसमा पाइने आइरन, भिटामिन ‘ए’ र भिटामिन’ ‘इ’ भिटामिन ‘सी’, एन्टिअक्सिडियन्ट र सल्फरले शरीरको कोषलाई क्षति गर्ने अणुहरूलाई नष्ट गरी मदिरा, धुम्रपान र ड्रग्सको कुलतको विष हटाउँछ।

यसले शरिरका खराब कोलेस्ट्रोलको तह घटाएर उच्च रक्तचाप र मुटुसम्बन्धी विभिन्न रोगमा फाइदा पुर्‍याउँछ। क्याल्सियम र पोटासियमको स्रोत भएको कारणले हड्डीसँग सम्बन्धित सबै समस्याबाट मुक्त गराइ आँखालाई तेजिलो बनाउन मद्दत गर्छ।

प्रतिक्रिया दिनुहोस्