
२४ पुष २०७६, काठमाडौं
काभ्रेको पनौतीमा सडक बनाउँदै गरेको स्काभेटर नदीमा खस्दा दुई बालकको मृत्यु भएको छ।
पाटीखर्कबाट ख्याकु जाने बाटो निर्माण गर्ने क्रममा नम्बर नखुलेको स्काभेटर पनौती ११ थुम्कीमा सडकबाट ३०० मिटर तल सलान्दु खोलामा खसेको प्रहरीले जनाएको छ।
मृत्यु हुनेमा पनौती नगरपालिका ११ का १४ वर्षीय राउत केसी र सिन्धुपाल्चोक घर भइ हाल पनौती ११ मा दिदीको घरमा बस्दै आएका अर्का बालक १५ वर्षीय रोशन भण्डारी रहेको प्रहरीले जनाएको छ।
दुर्घटनामा स्काभेटर चालक पनौती ७ का जीवन ताम्राकार गम्भीर घाइते भएका छन्।





