दुर्घटनामा ९ घाइते!



२४ पुष २०७६, काठमाडौं

सल्यानमा फोर्स गाडी दुर्घटना हुँदा ९ जना घाइते भएका छन्।

सुर्खेतदेखि जाजरकोट जाँदै गरेको भे १ ख २५७३ नम्बरको फोर्स गाडी सल्यानको बनगाड कुपिण्डे नगरपालिका ११ बालुवासंग्रहीमा दुर्घटना भएको हो।

गाडीमा सवार १८ जनामध्ये ९ जना घाइते भएको प्रहरी चौकी बालुवासंग्रहीले जनाएको छ। घाइते ९ मध्ये ६ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

गाडी सडकबाट १०० मिटर तल खसेको जनाइएको छ। घाइतेहरूको मेहलकुना अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्