नेकपा काठमाडौं महानगर स्थानीय तह दल गठन : नगरप्रमुख शाक्य दलको नेता चयन



२२ पुस २०७६, काठमाडौं

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) काठमाडौं महानगरपालिका कमिटीले पार्टीको विधान बमोजिम स्थानीय तह (संसदीय) दलमा नगरप्रमुख विद्या सुन्दर शाक्यलाई चयन गरेको छ ।

आजै बसेको बैठकले दलको उपनेतामा वडा नं. ३ का वडाध्यक्ष दीपक केसी, मुख्य सचेतकमा महानगर प्रवक्ता तथा वडा नं. १५ का वडाध्यक्ष ईश्वरमान डंगोल, सचेतकमा वडा नं. ३२ का वडाध्यक्ष नवराज पराजुलीलाई चयन गरेको छ । यसैगरी दलको २७ सदस्यीय स्थानीय तह बोर्ड समेत गठन गरेको छ । जसमा दलको नेता, उपनेता, मुख्य सचेतक, सचेतक र वडाध्यक्ष तथा  नगर सदस्यहरु चुनिएका छन् ।

कार्यक्रममा महानगर ईन्चार्ज तथा संघीय सांसद जीवनराम श्रेष्ठले नयाँ व्यवस्था अनुसार जिम्मेवारी प्राप्त पार्टी जनप्रतिनिधिहरुलाई जनहित र पार्टी हितमा आफ्नो सारा ध्यान केन्द्रित गर्न निर्देशन दिए ।

काठमाडौं महानगर कमिटीका अध्यक्ष निर्मल देउलाले पार्टीको चुनावी घोषणापत्र कार्यान्वयन गर्न र जनता बिच जान निर्देशन दिए ।

प्रतिक्रिया दिनुहोस्