
२२ पुष २०७६, काठमाडौं
तपाईँ के दुब्लो भएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने अपनाउनुहोस् यी उपाय जसले तपाईँलाइृ दुब्लोपनबाट मुक्त गराई सजिलैसँग मोटाउन मदत गर्दछ।
यी हुने सजिलै मोटाउन सक्ने उपायः
तनाव मुक्त रहने
यदि तपाईँ साच्चीकै मोटाउन चहानुहुन्छ भने तनाव मुक्त रहने गर्नुहोस्। जसले गर्दा तपाईँको तौल बढाउन मदत गर्दछ।
खानापश्चात् विश्राम
कतिपयः व्यक्तिको खानापश्चात् विश्राम गर्ने बानी हुँदैन। तर यदि तपाईँ मोटाउन चहानुहुन्छ भने खानापश्चात् विश्राम लिनुहोस्। जसले तपाईँको वजन सजिलै बढाउन मदत गर्दछ।
दिनहुँ स्याउको सेवन
हरेक दिन स्याउ खानाले पनि शरिरको तौल बढ्ने गर्दछ। वजन बढ्ने मात्रै नभएर स्वास्थ्यको लागि फाईदाजनक पनि मानिन्छ।
दूध र मह
तौल बढाउनका लागि नियमित रूपमा दूध र मह मिश्रण गरी सेवन गर्नुहोस्। जसले तपाईँको तौल बढ्ने सम्भावना पनि बढेर जाने गर्दछ।
केरा र दूध
केरा र दुधको सेवन गर्नाले मोटाउने क्षमता बढाउनका साथै स्वास्थ्यको लागि पनि उत्तिकै लाभदायिक मानिन्छ। जसकारण हामीले यी खानेकुरा खाने बानी बसाल्नुपर्दछ।





