यी उपाय: जसले तपाईँको अनुहार एक हप्तामा नै गोरो अनि चम्किलो



२२ पुष २०७६, काठमाडौं

कागती

कागतीले छालाको रंग हल्का बनाउछ र छालाको गहिराइसम्म सफा राख्न मद्दत गर्दछ। साथै अनुहारको दाग हटाउछ। कागतीको रसमा बेसन र काँक्रोको रस मिलाएर ३० मिनेट सम्म अनुहारमा राख्ने र सफा पानीले धूने गर्नाले तपाईँको अनुहार गोरो र चम्किलो बन्छ।

बेसार

काँचो दूधमा बेसार मिलाएर अनुहारमा लगाउनाले केही दिनमै तपाईँको त्वचाको रंगमा परिवर्तन ल्याउँछ।

बेसन

बेसन एक प्राकृतिक र प्राभावकारी फेस प्याक हो। यसलाई दूध या दहीमा मिलाएर थोरै बेसार राखि त्वचामा लगाउने गर्नाले त्वचामा चमक ल्याउछ।

यसमा कागती र टमाटर पनि मिलाएर प्रयोग गर्न सक्नुहुन्छ।

चंदन पाउडर

चंदनलाई पिसेर अथवा पेस्ट बनाएर बिस्तारै त्वचामा लगाउने गर्नाले यसले त्वचाको दाग धब्बा हटाइ गोरो बनाउछ।

गुलाव

गुलावको पात र दूध मिलाएर बनाएको पेस्ट अनुहारमा लगाउनाले अनुहार चमकदार र गोरो बन्छ।

प्रतिक्रिया दिनुहोस्