कसरी नियन्त्रण गर्ने कोलेस्ट्रोल?



२२ पुष २०७६, काठमाडौं

कोलेस्ट्रोल नियन्त्रण गर्ने तरिकाः

-अमेरिकन हार्ट अफ एसोसिएशनका अनुसार ड्राइ फुडमा प्रोटिन, फाइबर, भिटामिन–ई र फ्याटी एसिड धेरै मात्रामा हुन्छ। जसले कोलेस्ट्रललाई कम गर्न सहयोग गर्दछ। त्यसैले, दिनहुँ आधा मुठ्ठी ड्राई फुड खानु आवश्यक छ।

-हालसालै भएको एउटा अध्ययन अनुसार लसुनको सेवन गर्नाले रगत जम्ने सम्भावना कम हुन्छ। यसले धमनीहरुमा रगत जम्न दिँदैन। त्यसैले दिनहुँ तीन चार पोटी लसुन खानु आवश्यक छ।

-लसुन जस्तै पालुङ्गोको सागले पनि धमनीहरुमा रगत जम्न रोक्छ। पालुङ्गोको साग केवल कोलेस्ट्रलका लागि मात्र होइन आँखाका लागि पनि फाइदाजनक हुन्छ।

-भिटामिन ‘सी’ ले भरपुर अमलाले पनि कोलेस्ट्रोललाई रक्त नलीहरुमा जम्मा हुन दिँदैन।

-ओटमील, राजमा, सुन्तला, स्याउ र नासपातीमा सोल्युबल फाइबर प्रचुर मात्रामा हुन्छ। जसले कोलेस्ट्रोललाई कम गर्न सहयोग पुर्‍याउँछ।

-बेसार, मेथीको दाना, भान्टा, सख्खरखण्ड तथा भिन्डीको नियमित सेवनले पनि कोलेस्ट्रोल नियन्त्रित हुन्छ।

-माछामा अमिनो एसिड र फ्याटी एसिड पर्याप्त मात्रामा हुन्छ। जसले बढेको कोलेस्ट्रोललाई कम गर्छ।

-एवोकाडोमा भिटा सिटोस्टेरल नामक तत्व हुन्छ। जसले कोलेस्ट्रोललाई नियन्त्रित गर्छ। यसमा मोनोसेचुरेटेड फ्याट पनि पर्याप्त मात्रामा हुन्छ। जसका कारण शरीरमा गुड कोलेस्ट्रोलको स्तर बढ्छ।

-एरिजोना स्टेट यूनिभर्सिटी पोलिटेक्निक क्याम्पसमा भएको एउटा अध्ययनका अनुसार सिमीको सेवनले पनि कोलेस्ट्रोललाई कम गर्छ। नियमित रुपले सिमी खानाले ब्याड कोलेस्ट्रोललाई करिब ८ प्रतिशत कम हुन्छ। त्यसैले सिमी र राजमा आफ्नो भोजनमा समावेश गर्नु आवश्यक छ।

-ग्रीन टी पिउनुपर्छ। यसमा त्यस्ता एन्टि(अक्सिडेन्टहरु हुन्छन्, जसले ब्याड कोलेस्ट्रोललाई कम गर्न सहयोग पुर्‍याउँछ।

-अण्डाको पहेँलो भाग, रातो मासु, तारेका खाना, क्रिम भएका खानेकुरा आदिको सेवन गर्नाले कोलेस्ट्रोल बढ्छ। त्यसैले त्यस्ता खानेकुराबाट टाढा रहनु लाभदायक हुन्छ।

-तैलीय खानेकुरा खानु हुँदैन। ओयली खानेकुरा खानाले कोलेस्ट्रोल बढ्छ। तर, ओलिभ ओयलको सेवन गर्नाले अन्य तेलहरुको तुलनामा कोलेस्ट्रोलको खतरा ८ प्रतिशत कम हुन सक्छ।

-भोजनमा धेरैभन्दा धेरै फाइबरयुक्त खानेकुराहरु समावेश गर्नुपर्छ। डेरी प्रोडक्टको सेवन कम गर्नुपर्छ।

– कोलेस्ट्रोललाई नियन्त्रण गर्नका लागि हप्तामा ६ दिन शारीरिक अभ्यास गर्नु आवश्यक हुन्छ।

-स्विमिङ, जगिङ, साइकिलिङ र एरोबिक्सले पनि कोलेस्ट्रोललाई नियन्त्रित गर्न सकिन्छ।

-धुम्रपान गर्नु हुँदैन, धुम्रपानले धमनीहरुलाई नोक्सान पुर्‍याउँछ।

प्रतिक्रिया दिनुहोस्