कसरी बच्ने जाडोमा डिप्रेसनबाट?



२२ पुष २०७६, काठमाडौं

-यो समस्या प्रत्यक्ष घामको प्रकाशसँग जोडिएकाले घाम लाग्ने ठाउँमा बस्नुपर्छ। कसैको अफिस वा घर घाम नलाग्ने ठाउँमा भए कोठा न्यानो पारेर राख्नुपर्छ।

-कसैको बानी बत्ती नबालिकन बस्ने हुन्छ। सकेसम्म उज्यालोमा बस्नु राम्रो हुन्छ।

-हाम्रो समाजमा घाममा बसेर तेल लगाउने, बदाम खाने चलन छ। घाममा सेरोटोनिनको उत्पादन हुन्छ। त्यसैले घाममा बस्दा आनन्द महसुस हुन्छ।

-बिहान अबेरसम्म नसुत्ने, मोर्निङवाक जाने, साइक्लिङ गर्ने, योग गर्ने अनि हल्का व्यायाम गर्दा शरिरमा स्फूर्ति बढ्छ।

-पर्याप्त मात्रामा मनतातो पानी तथा झोलिलो पदार्थ सेवन गर्नुपर्छ।

-माछा तथा आलस जस्ता ओमेगा ३ भएको खानेकुरा खाने गर्नुपर्छ।

-सिजनल एफेक्टिव डिसअर्डरबाट प्रभावित व्यक्तिहरुको उपचार लाईट थेरापीअन्तर्गत ब्राईट लाइट ट्रिटमेन्ट र डानसिभुलेसन दुई तरीकाले उपचार गरिन्छ। ब्राइट लाईट उपचारमा रोगीलाई लाईट बक्सको अगाडि प्रत्येक दिन बिहान आधा घन्टासम्म बस्न लगाइन्छ।

-डानसिभुलेसनमा बिहान सुतेको बेलामा रोगी छेउमा मन्द प्रकाश जिऊमा लगाइन्छ। पछि बिस्तारै प्रकाश तेज हुँदै जान्छ। अर्थात् सुर्योदय जस्तै कृत्रिम वातावरण तयार पारिन्छ।

-यसवाहेक डिप्रेसन हटाउने औषधि मनोचकित्सकको सल्लाहमा दिइन्छ। यदि बिरामी ऊग्ररुपमा छैन भने मनोपरामर्श अन्तर्गत कग्निटिभ विहेबियरल थेरापी (सीबीटी) बिधिको प्रयोग गरी उपचार गरिन्छ।

प्रतिक्रिया दिनुहोस्