आराम गर्न सिञ्धुपाल्चोक पुगे ‘प्रचण्ड’



२१ पुष २०७६, काठमाडौं

नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आराम गर्न स–परिवार सिञ्धुपाल्चोक पुगेका छन्।

उनी सोमबार दिउँसो सिञ्धुपाल्चोकको साँगाचोकगढी नगरपालिका-९ कदमबास पुगेका हुन्। पत्नी सिता दाहाल र परिवारका अन्य सदस्यसहित उनी त्यसतर्फ गएको स्रोतले बताएको छ।

अरनिको राजमार्गसँगै रहेको सुकुटेबिचमा आरामका लागि पुग्ने दाहालले यसपटक भने गाउँ रोजेका हुन्। ‘ यो पटक उहाँले अलि बढी शान्त ठाउँ खोज्नु भयो। राजमार्ग नजिकै जाँदा उही होहल्ला हुने। गाउँमा शान्त नै हुन्छ भनेर गाउँ रोज्नु भएको हो।’ स्रोतले भनेको छ।

सोमबार बिहान अर्का अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेपछि दाहाल सिञ्धुपाल्चोकतर्फ गएका हुन्। उनी मंगलबार फर्किने छन्।

फाइल तस्वीर

प्रतिक्रिया दिनुहोस्