यी हुन् जाडोमा मेकअप गर्ने तरिका



२१ पुष २०७६, काठमाडौं

-मोस्चराइजरको प्रयोग अन्य मौसमको तुलनामा अलि बढी नै गर्नुपर्दछ।

-मोस्चराइजर लगाएको केही समयपश्चात् मात्र प्राइमर र त्यसपछि सनब्लक लगाउने गर्नुपर्दछ।

-छालाको टोनअनुसार फाउन्डेसन लगाउने गर्नुपर्दछ। बजारमा पाइने जुनसुकै ब्रान्डका फाउन्डेसन प्रयोग गर्नुहुँदैन। फाउन्डेसनको छनोटमा ध्यान नदिँदा छालामा दीर्घकालीन असर देखिन्छ।

-छाला धेरै नै सुक्खा हुने व्यक्तिले फेसवेल प्रयोग गर्न सक्छन्। फाउन्डेसन लगाउनुभन्दा अगाडि अनुहारमा सेरम वा तेल प्रयोग गर्नाले छाला सुक्खा हुनबाट बचाउँछ।

-जाडोमा पाउडरको प्रयोग त्यति लाभदायी हुँदैन। पाउडर प्रयोग गर्न मन भए कम्प्याक्ट प्रयोग गर्नुपर्दछ। जसमा मोस्चराइजरको मात्रा पाइन्छ।

-चिसोले गर्दा छाला नीलो हुन्छ। जसमा मेकअप गर्दा त्यति ग्लोइङ देखिँदैन। तसर्थ, जाडो याममा मेकअप सकेसम्म डार्क गर्नुहुँदैन।

-आइस्याडो लगाउँदा अलिकति ध्यान दिनुपर्दछ। अनुहारलाई चमक दिन आँखालाई स्मोकी लुक दिन सकिन्छ। यसमा सबैभन्दा पहिले आँखालाई सफा गरेर लाइट कलरको आइस्याडोे लगाएर राम्ररी ब्लेन्ड गर्नुपर्दछ। त्यसपछि आँखामा पेन्सिल काजल र आइलाइनर लगाउनुपर्छ।

-दुलहीका लागि ग्लोइङ मेकअप राम्रो मानिन्छ। चिसोमा दुलहीको मेकअप आकर्षक देखाउन रातो टीका र लिपस्टिक लगाउनुपर्छ। आकर्षक देखिने नाममा हेभी मेकअप गर्नु राम्रो मानिदैन।

-मेकअप सुहाउँदो ड्रेसअप र हेयर स्टाइल बनाउन जरुरी छ। पछिल्लो समय ब्राइडल हेयर स्टाइलमा रसियन हेयर स्टाइल चलेको छ।

प्रतिक्रिया दिनुहोस्