प्रदेश नं. ३ को नाम ‘नेवाः ताम्सालिङ’राख्न माग गर्दै प्रदर्शन



२१ पुष २०७६, काठमाडौं

३ नं. प्रदेशको नाम ‘नेवाः ताम्सालिङ’ राख्न माग गर्दै विभिन्न जातीय संस्थाहरुले विरोध प्रदर्शन गरेका छन्।

‘बागमती प्रदेश चाहिँदैन, पहिचान मेट्न पाइँदैन!, ‘प्रदेश नं. ३ लाई नेवाः ताम्सालिङ प्रदेश नामकरण गर!’लगायतका नारा उगाउँदै सोमबार माइतीघरमा उनीहरुले विरोध प्रदर्शन गरेका हुन्।

विरोधमा आदीवासी जनजाति महासंघ, किरात राई यायोक्खा केन्द्रीय कार्य समिति, समाजवादी नेवाः संघलगायतका संघसस्थाहरुको सहभागिता रहेको थियो।

यसअघि नेकपना सचिवालय बैठकले ३ नं. प्रदेशको नाम बागमती र राजधानी हेटौंडा राख्न निर्देशन दिएको थियो।

प्रतिक्रिया दिनुहोस्