यी हुन् चिसोमा शरिरलाई न्यानो र स्वस्थ बनाउने परिकारहरु(फोटोसहित)



२१ पुष २०७६, काठमाडौं

दिन–प्रतिदिन काठमाडौं लगायत देशका विभिन्न ठाउँमा पानी परिरहेको छ। जसले गर्दा अत्याधिक चिसो बढाएको छ। उच्च पहाडी जिल्ला तथा हिमाली क्षेत्रमा वर्षासहित हिमपात भएकाले त्यस क्षेत्रको जनजीवन नै प्रभावित भएको हो।

यसरी मौसम चिसो भएको बेला शरिरलाई न्यानो बनाउन विभिन्न प्रकारको तातो परिकारहरु खाने गर्नुपर्दछ। शरिरको हड्डी सहित रुघाखोकीबाट मुक्त हुन, रोग प्रतिरोधात्मक क्षमता बढाउन पनि विशेष खानेकुरामा ध्यान दिनुपर्ने चिकित्सकहरु बताउछन्।

यो बेला स्वास्थ्यप्रद तरिकाले कस्तो प्रकारको प्राकृतिक खाद्यपदार्थ उपयोग गर्न सकिन्छ जानकारी हुन जरुरी छ।

त्यसैले, आज हामी जाडो मौसममा शरिरलाई न्यानो बनाउन सकिने परिकारको बारेमा केही जानकारी दिदैछौंः जसले तपाईँको शरिर न्यानो मात्रै नभएर स्वस्थ र फिट राख्न पनि मदत गर्दछ।

सागपात

यो मौसममा शरिरका लागि हरियो सागपात सबैभन्दा उत्तम भोजन हो। यसमा फाइबर, फलिक एसिड, भिटामिन सी, पोटासियम, म्याग्नेसियमका साथै अन्य पोषक तत्व पर्याप्त मात्रामा पाईन्छ।

गाजरको खिर र हलुवा

जाडो मौसममा गाजरको हलुवाले शरिरलाई निकै फाईदा पुर्याउन पुर्याउछ। हलुवाको गाजर बनाउदा चिनि, खुवा, अलैंची, दूध, बदाम र घ्यु हालेर कुकरमा गाजरको हलुवा बनाउन सकिन्छ।

तातो भोजन

जाडो मौसममा सामान्य तातो भोजन सेवन गर्नू स्वास्थ्याको लागि उत्तम मानिन्छ। यसले शरिरमा तातोपना बढाउनुका साथै चिसोले निष्क्रिय भएको शारीरीक अंगलाई फाइदा समेत पुर्याउँदछ।

भुटुनमा तोरी तेल

कम मात्रामा नुनको प्रयोग गरी रिफाइन्ड, जैतुन वा तोरीको तेलमा खाना बनाएमा समेत यसले शरिरमा ताप बढाउने गर्दछ।

पर्याप्त तरल पदार्थ

जाडोमा पसिना कम आएपनि पर्याप्त मात्रामा पानी एवं तरल पदार्थको सेवन गर्नुपर्दछ। विशेषतः बालबालिका, गर्भवती महिला तथा प्रौढहरूले चिसो खाद्य पदार्थ वा आइसक्रिम खानुहुँदैन।

आलस र तिल

शरिरलाई तातो बनाइराख्न आलस र तिलको सेवन प्रभावकारी मानिन्छ। आलसलाई भुटेर पाउडर बनाई बिहान–बेलुका खाने तथा तिललाई दैनिक भोजनमा सामेल गरेमा चिसोबाट बच्न सकिन्छ।

काजु, पिस्ता र बदाम

काजु, पिस्ता र बदाममा रहेको तैलीय गुणले शरिरलाई तातो बनाइ राख्छ। अरू सामान्यः अवस्थामा भन्दा जाडो सुरु भएपश्चात् काजु, पिस्ता र बदाम बढी खान सकिन्छ।

अदुवा, बेसार

सामान्यतया मसलाका रूपमा प्रयोग गरिने अदुवा र बेसार जाडो समयमा शरिरलाई तातो बनाइराख्न अत्यन्तै गुणकारी मानिन्छ।

चिकेन सुप

यदि तपाईँ मांसाहारी हुनुहुन्छ भने जाडोमा कुखुराको सुप बनाएर पिउनाले निकै लाभ मिल्छ। कुखुराको मासुले शरिरलाई तातो दिने काम गर्दछ। यसले रुघाखोकी समेत निको पार्दछ।

जौ, गहुँ र फापर

जाडोमा भात खानु उपयुक्त मानिदैन। यसले शरिरलाई चिस्याउने काम गर्दछ। जाडोमा खाने सबैभन्दा राम्रो अन्न जौ, गहुँ र फापर हो। यी अन्नले शरिरमा तातोपना बनाइ राख्ने गर्दछ ।

लसुन

चिसो भगाउन लसुनलाई निकै राम्रो मानिन्छ। यसले कुनैपनि रोगको संक्रमण हुनबाट बचाउछ। लसुनको सेनव गर्दा भाइरससँग लड्न समेत मद्दत गर्दछ।

मरिच

चिसो मौसममा रुघा, खोकी र ज्वरोसंग लड्नका लागि मरिच निकै प्रभावकारी मानिन्छ। मरीचमा पनि कालो मरीचले शरिरमा तातोपना बढाउनुका साथै रोगसँग लड्ने क्षमता बढाउँछ।

चिया

जाडो मौसममा चिया, कफि वा हर्बल टी पिउनु निकै लाभदायिक मानिन्छ।

गेडागुडी तथा माछा मासु

जाडोमा टुसा पलाएको गेडागुडी तथा माछा मासुको सेवन गरेमा चिसो लाग्नबाट बच्नका साथै छाला रुखो हुनबाट समेत बचाउछ। यिनीहरुले शरीरलाई चाहिने शक्तीको मात्रा प्रदान गर्नुका साथै तापक्रम बढाई चिसोवाट बचाउछ।

दुध तथा अण्डा

अण्डा वा दूधको नियमित सेवनले हाड मजबुत हुनुका साथै शरिरमा तापक्रम बढाउने काम गर्दछ। यसले शरिरमा अत्यधिक तातोपना बढाई चिसोबाट बचाउछ।

प्रतिक्रिया दिनुहोस्