यी हुन् गर्भावस्थामा पेटको बच्चा चल्दा बुझ्नुपर्ने कुराहरु (फोटोसहित)



२० पुष २०७६, काठमाडौं

बच्चा स्वस्थ भएको संकेत

गर्भमा रहेको बच्चाले पेटमा लात हाने जस्तै गरी चल्छ भने बच्चा स्वस्थ्य र सक्रिय छ भनेर बुझ्नु जरुरी छ।

बाहिरी वातावरणसँग पनि प्रतिक्रिया दिएको छ

यस्तो पनि मानिन्छ, कि बच्चाले गर्भको बच्चा पनि बाहिरी वातावरणसँग घुलमिल भइरहेको हुन्छ। बाहिरी वातावरणमा हुने परिवर्तन प्रति उसले प्रतिक्रिया जनाउछ। बाहिरको आवाजले पनि उसले भित्र प्रतिक्रिया जनाउछ।

बायाँ ढल्केर सुत्दा रक्तसञ्चार प्रक्रिया बढ्छ

बायाँ ढल्केर सुतेको बखत बच्चाले बढी लात हान्ने गर्दछ। यदि गर्भवती महिला बायाँ तर्फ ढल्केर सुत्ने गर्छिन त्यतिवेला दाँया ढल्किदा भन्दा बढी चल्ने गर्दछ।

यस्तो किन हुन्छ भने आमा बाया फर्केर सुत्दा भ्रुण अर्थात पेटको बच्चाको रक्तसञ्चार प्रक्रिया बढछ। जसले बच्चाले हलचल बढाउछ।

खाना पछि किक बढ्दै जान्छ

गर्भवति महिलाले यस्तो अनुभवन गरेको हुनुपर्छ कि खाना खाएपश्चात् गर्भको बच्चाले किक बढी हान्छ।

गर्भवति भएको नौ साता पछि नै बच्चाले किक हान्न सुरु गर्छ

गर्भवति भएको नौ साता पछि नै पेटमा हलचल सुरु हुन्छ। तर दोस्रो पटक गर्भवती भएको आमाले तेह्र सातापश्चात् मात्रै बच्चाले किक हानेको अनुभव गर्न पाउछिन्।

पेटमा हलचल कम हुनु बच्चा कमजोर हुनु हो

यदि बच्चा पेटमा कम चल्छ वा किक कम हान्छ भने मान्नुस पेटको बच्चामा गडबढी हुन खोजेको छ। यदि तपाईँको बच्चा पेटमा सामान्य भन्दा कम चल्छ भने त्यहाँ बच्चाको लागि अक्सिजन कमि भएको पनि हुनसक्छ।

३६ हप्ता पछि कम किक हान्यो भने आत्तिनु पर्दैन

जव ३६ हप्ता पछि तपाईँको बच्चा बढ्दै जान्छ। किक कम हुँदै जान्छ।

प्रतिक्रिया दिनुहोस्