चाँगुनारायणमा बस दुर्घटनाः १ को मृत्यु, १ घाइते



१९ पुष २०७६, काठमाडौं

चाँगुनारायण नगरपालिका १ दुवाकोटस्थित चाँगुनारायण इञ्जिनयिरिङ कलेजबाट दुवाकोटतर्फ आउँदै गरेको बा १ ख ९०९० नम्बरको बस अनियन्त्रित भई सडक छेउमा खसेर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा सिन्धुपाल्चोक जुगल गाउँपालिका ६ घर भई हाल दुवाकोट बस्ने ३० वर्षका भीमबहादुर योञ्जन रहेको जिल्ला महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सविन प्रधानले बताए।

दुर्घटनामा बसका यात्रु उदयपुर सोरङ नगरपालिका ४ बस्ने ३४ वर्षीय चित्रबहादुर थापा घाइते भएको र उनलाई दुवाकोटस्थित काठमाडौं मेडिकल कलेजमा उपचारका लागि लगिएको जनाइएको छ।

घाइते चित्रबहादुर थापा उपचारपछि घर फर्किएको प्रहरी उपरीक्षक प्रधानले बताए। बसका चालक वेदाबहादुर चौलागाई, सहचालक भीमबहादुर तामाङलाई नियन्त्रण लिएको प्रहरीले जनाएको छ।

फाइल तस्वीर

प्रतिक्रिया दिनुहोस्