२,०२० अमेरिकी डलर टिप्स् दिएर सन् २०२० को सुरुवात !



१९ पुष २०७६, काठमाडौं

अमेरिकी संगीतकर्मी डोनी वाह्लबर्गले अरु कसैको नयाँ वर्ष थप उत्साहपूर्ण बनाएर नयाँ वर्ष सन् २०२० को सुरुवात गरेका छन्।

डोनी १ जनवरीमा अभिनेत्रीसमेत रहेकी श्रीमती जेनी म्याकर्थीका साथमा सेन्ट चार्ल्समा रहेको आइएचओपी रेष्टुराँमा ब्रेकफास्टका लागि गएर ७८.४५ अमेरिकी डलर बराबरको ब्रेकफास्ट गरे

निस्कने बेला उनीहरुले सेवा प्रदान गर्ने रेष्टुराँका कारिन्दाका लागि २,०२० अमेरिकी डलर टिप्स छोडे। श्रीमती जेनीले क्रेडिट कार्डको रिसिप्टसहित ‘डोनी वाह्लबर्ग स्टार्टिङ्ग सन् २०२० अफ लाइक दि अमेजिङ्ग म्यान ही इज’ लेखेर ट्वीट गरेकी छिन्।

डोनीले सो टिप्स छोड्दा आफैँले रिसिप्टमा ‘थ्यांक्स बेथनी’ पनि लेखेका छन्। यस्तै ‘२०२० टिप च्यालेन्ज’ र ‘ह्याप्पी न्यू एअर’ पनि उनले लेखेका थिए।

प्रतिक्रिया दिनुहोस्