
१९ पुष २०७६, काठमाडौं
कालिका गाउँपालिका १ मुलखर्कमा यात्रुवाहक बस दुर्घटना हुँदा ९ जना घाइते भएका छन्।
घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको छ। अन्य घाइतेहरुको उद्धार जारी रहेको प्रहरीले जनाएको छ। काठमाडौंबाट रसुवाको स्याफ्रु जाँदै गरेको प्र ३ १००५/९४६५ नम्बरको बस पासाङल्हमु सडकको कालिकास्थान धुन्चे सडकखण्डको मुलखर्क दुर्घटना भएको प्रहरीले जनाएको छ।
बस सडकबाट १०० मिटर तल खसेको छ।





