उडिरहेको विमानभित्र बच्चाको जन्म, जीवनभर फ्रि टिकट दिने घोषणा



१९ पुष २०७६, काठमाडौं

उडिरहेको विमानमा बच्चाको जन्म भएपछि जीवनभर बच्चालाई विमान यात्राका लागि फ्रि टिकट दिने घोषणा गरेको छ ।

विमानभित्र बच्चाको जन्म हुदाँ असहज परिस्थितीको सामना गर्नु परेको छ । साउदी अरबको दम्मासबाट भारतको कोच्चि आती फ्लाइटमा ३५ हजार फीटको उचाइमा महिलाले बच्चा जन्माएपछि विमानलाई आकस्मिक अवतरण गर्न चालकदलका सदस्यहरु बाध्य भएका थिए।

महिलाको डेलिभरी भइरहेको समयमा विमानलाई मुम्बई विमानस्थलमा आपतकालिन अवतरण गरिएको थियो । जेट एयरवेजले यस बच्चालाई जीवनभर विमान यात्राका लागि फ्रि टिकट दिने घोषणा गरेको छ ।

ती बच्चाले जतिपनि यात्रा गर्न सक्ने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार जेट एयरवेजको फ्लाइटमा पहिलो पटक बच्चाको जन्म भएको हो । एजेन्सी..

प्रतिक्रिया दिनुहोस्