भारतीय सुरक्षाकर्मीद्वारा एक नेपाली अपहरित



१९ पुष २०७६, काठमाडौं

नेपाल–भारत सीमा क्षेत्रबाट एक नेपाली अपहरित भएका छन्।

यशोधरा गाउँपालिका ८ मटेरियाका ४५ वर्षीय मुवारक खान भारतीय सुरक्षाकर्मीहरुद्वारा शनिबार मर्यादापुर बजारबाट अपहरित भएका हुन्।

खानलाई ति सुरक्षाकर्मीहरुले अपहरणको शैलीमा भारततर्फ लगेको र यसबारे केही खुल्न नसकेको मर्यादापुर प्रहरी चौकीका प्रहरी नायब उपरीक्षक सुनिल मल्लले बताए।

खानलाई गाडीमा बसालेलगत्तै नेपाल प्रहरीको मर्यादपुर प्रहरी चौकीको सुरक्षाकर्मी र सशस्त्र प्रहरीको सीमा क्षेत्रमा खटिएको सुरक्षाकर्मीको रोकावट छल्दै उनीहरुले १० गजा क्षेत्र कटाएका हुन्।

स्थानीयका अनुसार भारतीय सुरक्षाकर्मीहरु सादा पोशाकमा भारतीय नम्बरको जीपमा आएका थिए। घटनाबारे सीमा क्षेत्रका भारतीय सुरक्षा अधिकारीले अनविज्ञता प्रकट गरेको उपरीक्षक मल्लको भनाई छ।

भारतीय सुरक्षाकर्मी अन्तर्गतको सिभिल टोलीले खानलाई पक्राउ गरेर लगेको हुनसक्ने सीमा क्षेत्र खुनुवामा खटिएका भारतीय प्रहरी अधिकारीहरु बताउँछन्।

खान खुनुवा बजारमा मोटरसाइकल वर्कसप संचालन गर्दै आएका थिए।

फाइल तस्वीर

प्रतिक्रिया दिनुहोस्