बोको हरामले आक्रमण गर्दा कम्तीमा ५० जनाको मृत्यु



१९ पुष २०७६, काठमाडौं

अफ्रिकी मुलुक चाडको एक टापुमा अवस्थित तालमा इस्लामिक लडाकू समूह बोको हरामले आक्रामण गर्दा कम्तीमा ५० जनाको ज्यान गएको छ।

ज्यान जानेमा २० जना क्यामरुनका नागरिकहरु रहेका समाचारमा जनाइएको छ। दुर्गम क्षेत्रमा भएको घटनामा मारिनेमा व्यापारी र माछा मार्नेहरु रहेको स्थानीय मेयरले जनाएका छन्।

क्यानेडेली सेनाले पट्रोल गर्न छोडेपछि त्यस क्षेत्रमा बोको हरामको दबदबा थियो। नाइजेरियमा सन् २००९ देखि अस्थित्वमा आएको बोको हरामको प्रभाव अहिले छिमेकी मुलुक चाड, क्यामरुन र निजरसम्म फैलिएको छ।–एजेन्सी

प्रतिक्रिया दिनुहोस्